खजुरामा स्वास्थ्य शिविर :९१ जनाले सेवा लिए

    • स्वास्थ्य पेज

  • ६ आश्विन २०८०, शनिबार

नेपालगन्ज: आदर्श युवा सञ्जालको आयोजनामा शनिबार बाँकेको खजुरामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा ९१ जना बढीले स्वास्थ्य जाँच गराएको शिविर सञ्चालन समितिका संयोजक खगेन्द्र दाहालले जानकारी दिनुभयो । खजुरा स्थित एक नम्बर बजारमा आयोजित कार्यक्रममा भेरी अस्पताल नेपालगन्जमा कार्यरत वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीले सेवा उपलब्ध गराउनु भएको थियो ।

खजुरा गाउँपालिका स्वास्थ्य शाखा र नेपालगन्ज स्थित मलमपट्टी क्लिनिक्सको सहकार्यमा सञ्चालित उक्त शिविरमा महिलाहरुमा देखिने विविध स्वास्थ्य समस्याको उपचार तथा परामर्श प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष तुफान

सहआयोजक संस्था मलमपट्टी क्लिनिक्सका प्रमुख कार्यकारी अधिकृत सुलभ आचार्यका अनुसार स्वास्थ्य शिविरमा ९१ जना बढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त शिविरमा पाठेघरमा हुने क्यान्सरको जाोखिम लगायतका विषयमा जानकारी समेत दिईएको उपचार तथा परामर्शमा संग्लग्न डा.सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार महिलाहरु स्वास्थ्य परामर्श र उपचारका सवालमा लजाउने गरेको र उपचारका लागि विज्ञ चिकित्सक सम्म पुग्दा निकै अबेर हुने गरेको पाईएको छ ।

सामाजिक सेवामा सक्रिय रहने उद्देश्यसहित स्थापना भएको आदर्श युवा सञ्जालले महिलाहरुका विविध समस्या समाधानका लगि यसखाले कार्यक्रमको आयोजना गरेको जनाएको छ । संस्थाले यसअघि समाजिक उत्तरदायित्व निर्वाह गर्न विभिन्न कार्यक्रमको आयोजना गरिसकेको छ ।

शिविरमा स्वास्थ्य सेवाका लागि उपस्थित महिलाहरु

आज सम्पन्न नि:शुल्क शिविरमा आवश्यक औषधी समेत निु: शुल्क प्रदान गरिएको थियो ।

कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख डम्बर विक तुफान , आदर्श युवा सञ्जालका अध्यक्ष कल्पना तामाङ , मलमपट्टी क्लिनिक्सका कार्यकारी अधिकृत सुलभ आर्चाय लगायतको सहभागिता थियो ।

  • ६ आश्विन २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech