स्वास्थ्यमन्त्री खनाल र बेलायती राजदुत रोबबीच शिष्टाचार भेटवार्ता

    • स्वास्थ्य पेज

  • ५ आश्विन २०८०, शुक्रबार

नेपालगन्ज: प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र नेपालका लागी बेलायती राजदुत रोब फेन बिच स्वास्थ्य मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा बेलायत सरकारले नेपालमा गरिरहेको सहयोग र लुम्बिनी प्रदेशको स्वास्थ्य सेवाको बारेमा छलफल भएको छ । भेटका क्रममा विशेषगरि प्रदेशको पोषण र स्वास्थ्य शिक्षाका बारेमा छलफल भएको छ ।

भेटमा मन्त्री खनालले सुरक्षीत मातृत्व, नवजात शिशु स्वास्थ्य, पोषणको अबस्था लगायतको सुधारका लागी प्रदेश सरकारले काम गरिरहे पनि अपेक्षित सुधार हुन नसकेको बताउनु भयो । परिवार नियोजनका साधनको प्रयोगदर, नसर्ने रोग र मानसिक स्वास्थ्य पनि प्रदेशमा स्वास्थ्य समस्याको रुपमा रहेको मन्त्री खनालले बताउनुभयो । प्रदेश भित्रका अस्पतालको पूर्वाधार विकास र उपचारमा आबश्यक पर्ने उपकरण सहोगका बारेमा उहाँहरु बिच छलफल भएको छ ।

मन्त्री खनालले बेलायतले नेपालमा गरिरहेको सहयोगका लागी धन्यवाद दिदै भेटले दुई पक्षिय सम्बन्धलाई अझ प्रगाड पार्ने विश्वास व्यक्त गर्नुभयो ।भेटका क्रममा बेलायती राजदुत रोब फेनले प्रदेश सरकारको शुसाशन र शासकीय प्रणाली, स्वास्थ्य सेवा लगायतका बारेमा चासो राख्नु भएको थियो ।

राजदुत फेनले नेपालको पुर्वाधार र मानविय विकासका लागी बेलायत सरकारको सहयोग रहदै आएको स्मरण गर्दै प्रदेश र स्थानिय सरकारलाई आबश्क परेको बेला सहयोग गर्न सधै तयार रहेको बताउनुभयो ।

राजदुत फेनले नेपालको स्वास्थ्य सेवा सँगै प्रदेश भित्रको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन आबश्यक सहयोग गर्न बेलायत सरकार तयार रहेको बताउनुभयो ।

भेटमा स्वास्थ्य सचिव डा. जनार्दन पन्थी, स्वास्थ्य निर्देशक डा. बिनोद गिरी र स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरिरहेको काम र भएका प्रगतीको बारेमा जानकारी दिनुभएको थियो ।त्यस क्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी लगायतको सहभागिता रहेको थियो ।

 

  • ५ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech