स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ

    • स्वास्थ्य पेज

  • ४ आश्विन २०८०, बिहीबार

नेपालगन्जः काञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकास्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन्।

आक्रमणमा परेका अहेब नरेन्द्रप्रसाद गैरेको जाहेरी पछि प्रहरीले रामबहादुर खड्कालाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलौरीले खड्कालाई पक्राउ गरिएको जानकारी दिएको छ।

खड्का माथि प्रहरीले स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गरेको आरोपमा मुद्धा चलाउने तयारी गरेको छ। मंगलबार राति स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा बिरामीको उपचार गरिरहेका अहेब नरेन्द्रप्रसाद गैरेमाथि हातपात भएको थियो।

मंगलबार राति साढे ११ बजे ड्युटीमा रहेको अवस्थामा आफूमाथि कुटपिट भएको पीडित स्वास्थ्यकर्मी गैरेले बताउनुभयो । कुटपिटबाट गैरेको आँखा, टाउको र घाँटीमा समस्या देखिएको छ।

  • ४ आश्विन २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech