भेरी अस्पतालमा उपचाररत २०० विरामीलाई फलफूल वितरण

    • स्वास्थ्य पेज

  • ३ आश्विन २०८०, बुधबार

नेपालगन्ज: संविधान दिवसको अवसरमा नेपालगञ्जस्थित भेरी अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आज भेरी अस्पतालमा उपचाररत २०० विरामीलाई फलफूल वितरण गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय बाँकेसंगको समन्वयमा फलफूल वितरण गरेको हो । फलफूल वितरण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले संविधान दिवसका अवसरमा शुभकामना दिँदै जनआकांक्षा सम्बोधन गर्ने दिशामा संविधान सफल सिद्ध हुने विश्वास ब्यक्त गर्नुुुभयो ।

संविधानको अक्षरशः कार्यान्वयन गर्न सबै सरोकारवाला प्रतिबद्ध हुनुपर्ने उनीहरुको भनाइ छ । फलफूल वितरण कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाह, प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. पवनजंग रायमाझी, बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौर, नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल लगायत उपस्थित रहनु भएको थियो ।

 

  • ३ आश्विन २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech