सेन्ट्रल सिटी हस्पिटलमा अत्याधुनिक प्रविधिबाट बिना अपरेसन मिर्गौलाको पत्थरी उपचार सुरु

    • स्वास्थ्य पेज

  • ३ आश्विन २०८०, बुधबार

नेपालगन्जः सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जले ‘रेट्रोग्रेड इन्ट्रा रेनल सर्जरी’बाट मिर्गौलाको पत्थरीको उपचार सुरु गरेको छ । मिर्गौलाको पत्थरीलाई बिना अपरेसन यस प्रविधिको प्रयोगमार्फत् फुटाएर निकाल्ने गरिन्छ।

यो प्रविधि पत्थरी अपरेसनका लागि विश्वमै स्तरीय मानिन्छ । प्रविधिबारे जानकारी दिदै अस्पतालका वरिष्ठ युरोलोजिष्ट डा.दिपेश गुप्ताले छिटो र सहज ढंगले अपरेसन बिनानै पत्थरीको उपचार गर्न यो प्रविधिले मद्दत पुग्ने बताउनुभयो । उहाँका अनुसार मिर्गौलाको पत्थरी फुटाएर निकाल्ने यस प्रविधिमा अप्टिकल फाइवरयुक्त दूरबिन प्रयोग गरी उपचार गरिन्छ ।

मूत्र नलीमार्फत अप्टिकल फाइवरयुक्त दूरबिन मिर्गौलासम्म पठाएर पत्थरी पत्ता लगाइने र लेजर प्रविधिबाट पत्थरीलाई फुटाएर निकालिने उहाँको भनाइ छ ।

यसअघि मिर्गौलामा हुने पत्थरीको उपचार नेफ्रोलिथोटोमी, पाइलोलिथोटोमी, ल्यापारोस्कोपी, एक्स्ट्रा कर्पोरियल सकवेभ लगायतका विधिबाट हुँदै आएको थियो । हस्पिटलले उच्च स्तरिय लेजर प्रविधि भित्राएर मुत्र रोग एवं मिर्गौला सम्बन्धि अपरेसनको स्तरीकरण गरेको छ ।

  • ३ आश्विन २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech