गोमन सर्पले डस्दा पाँच वर्षीय बालकको मृत्यु

    • स्वास्थ्य पेज

  • २ आश्विन २०८०, मंगलवार

नेपालगन्जः सर्पदंशबाट बासगढी नगरपालिका-३ उतरभकारी बर्दियाका ५ वर्षीय बालक जय थारुको मृत्यु भएको छ । गोमन सर्पको टोकाइबाट ती बालकको आज मध्यान्ह मृत्यु भएको हो । जयलाई घरको आगनमा गोमन सर्पले डसेको थियो । अचेत अवस्थामा भेरी अस्पताल पुर्याइएका ती बालकलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

‘निकै विषालु गोमन सर्पले ती बालकको डसेको रहिछ भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख डा.कृष्ण आचार्यले भन्नुभयो-‘अस्पतालमा ल्याउँदा डेथ भइसकेको थियो ।’ सर्पदंशबाट उपचारकै क्रममा भेरी अस्पतालमा चार जनाको मृत्यु भएको छ । बैशाखदेखि भदौं महिनासम्म उपचारकाक्रममा चार जनाको मृत्यु भएको अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख डा. आचार्यले जानकारी दिनुभयो ।

त्यसैगरी उपचारका लागि अस्पताल पुर्याइएका मध्येबाटोमै पाँच जनाको मृत्यु भएको छ । सर्पदंशका ती बिरामीलाई मृत्यु भइसकेपछि मात्र भेरी अस्पतालमा पुर्याइएको थियो ।

पाँच महिनाको अवधिमा भेरी अस्पतालमा ४ सय २० जना सर्पर्दशका बिरामीको उपचार गरिएको छ । अहिले दुई जना सर्पदंशका बिरामी उपचारका लागि भर्नारत छन् । तीमध्ये एक जना वार्ड र अर्का आइसीयूमा उपचारत रहेको पनि डा. आचार्यले बताउनुभयो ।

  • २ आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech