बालबालिकामा अल्छीपन कम गर्न के गर्ने ?

    • स्वास्थ्य पेज

  • २ आश्विन २०८०, मंगलवार
  • अभिभावकले बालबालिकालाई उपदेश दिने मात्र होइन कि आफूलाई उदाहरणको रूपमा प्रस्तुत गर्नुपर्छ । बालबालिकालाई निर्देशन मात्र दिएर उनीहरूको अल्छीपन कम गर्न सकिँदैन ।
  • अभिभावकले बालबालिकाप्रति आशा र अपेक्षा राख्नु नराम्रो होइन । तर, हामीले राख्ने आशा र अपेक्षा सन्तुलित र प्रस्ट हुनुपर्छ । हाम्रा आशा पूरा हुँदा उनीहरूलाई प्रशंसा गर्नुपर्छ, आशा पूरा नहुँदा पनि उनीहरूलाई सुधारका निम्ति प्रेरित गर्नुपर्छ । यसले उनीहरूको आत्मविश्वास बढेर जान्छ । आत्मविश्वास अल्छीपनका लागि ठूलो उपचार हो ।
  • केटाकेटीलाई हामीले घरेलु काममा पनि सहभागी गराउने गर्नुपर्छ । घरको भान्साको काम, करेसाबारी, सरसफाइजस्ता कार्यमा उनीहरूलाई सहभागी गराउनुपर्छ । यसले उनीहरूको सहभागितामूलक सीप बढेर जान्छ । यो सिकाइलाई अभिप्रेरित गर्ने राम्रो माध्यम पनि हो । यसले उनीहरूको जीवनलाई हेर्ने शैली पनि परिष्कृत हुन्छ ।
  • हिजोआज मोबाइल, टिभीमा भिडियो गेम तथा स्क्रिनको बढी प्रयोगका कारण बालबालिकाको घरबाहिरको क्रियाकलाप घटेको छ । जसकारण उनीहरूको इच्छाशक्तिमा ह्रास आउँदै छ र अल्छीपन बढेको छ । हामीले सधैँ उनीहरूलाई पाठ्यपुस्तक तथा स्कुलबाहिरका गतिविधिमा पनि सहभागी गराउनुुपर्छ । घरबाहिरका क्रियाकलाप तथा सामाजिक कार्यमा सहभागी गराउनुपर्छ । बालबालिकाको मनोसामाजिक स्वास्थ्यका लागि पनि यो जरुरी छ ।
  • बालबालिकाको अल्छीपनको कारण उनीहरूको खानपान र जीवनशैली पनि हो । यसले मोटोपनलगायतका विभिन्न समस्या निम्त्याउँछ । उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि पर्याप्त निद्रा पनि आवश्यक छ । बढ्ने उमेरका बालबालिकाले पर्याप्त सुत्नुपर्छ । निद्रा नपुग्दा पनि केटाकेटी अल्छी हुन्छन् । त्यसैले सन्तुलित भोजन र निद्राको महत्व बुझाउनुपर्छ ।

  • २ आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech