औषधि व्यवस्था विभागद्धारा १०३ प्रकारका एन्टिबायोटिक औषधिको प्रयोगलाई निषेध

    • स्वास्थ्य पेज

  • १ आश्विन २०८०, सोमबार

नेपालगन्जः औषधि व्यवस्था विभागले १०३ प्रकारका प्रति जैविक (एन्टिबायोटिक) औषधिको प्रयोगलाई निषेध गरेको छ । विभागले आज उपचारमा प्रभावकारी नदेखिएका औषधिको सूची प्रकाशन गरी जानकारी दिएको हो ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालकाद्वारा जारी सूचनामा प्रति जैविक औषधिको सम्मिश्रण र सो औषधिहरूको सम्मिश्रण उत्पादन तथा आयातलाई प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ ।

विभागले १०३ प्रकारका प्रति जैविक मौज्दात औषधिहरूको व्यवस्थापन तथा बिक्री गर्न ६ महिनाको समय तोकेको सूचनामा उल्लेख गरिएको छ । यी औषधिका सम्मिश्रणहरू प्रभावकारी नभएको तथ्य विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यी हुन् प्रभावकारी काम नगर्ने एन्टिबायोटिक सम्मिश्रण १०३ प्रकारका औषधि

 

ausadhi1

 

  • १ आश्विन २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech