फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ४० प्रतिशत मात्रै पास

    • स्वास्थ्य पेज

  • १ आश्विन २०८०, सोमबार

काठमाडौं: नेपाल फार्मेसी परिषद्को लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण भएका छन्।  परिषद्ले शनिबार सञ्चालन गरेको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत उत्तीर्ण भएका हुन्।

परिषद्का रजिष्ट्रार सञ्जीव पाण्डेयका अनुसार शनिबार सञ्चालन गरेको २३ औँ नाम दर्ता परीक्षामा कुल १ हजार ९८५ जनाले सहभागिता जनाएका थिए। ती मध्ये ७९५ अर्थात ४०.०५ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्।

  • १ आश्विन २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech