भेरी अस्पतालमा सुरु भयो साप्ताहिक सरसफाई अभियान

    • स्वास्थ्य पेज

  • ३० भाद्र २०८०, शनिबार

नेपालगन्जः भेरी अस्पतालले अवदेखि साप्ताहिक रुपमा सरसफाई अभियान संचालन गर्ने भएको छ । प्रत्येक हप्ताको शनिवार अस्पताल क्षेत्रमा सरसफाई अभियान संचालन गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.पवनजंग रायमाझीले बताउनुभयो । सरसफाई अभियानको सुरुवात आजदेखि भइसकेको पनि उहाँले जानकारी दिनुभयो । आज पहिलो दिन अस्पतालको प्रवेशद्धार क्षेत्र र परिसरमा सरसफाई गरिएको छ ।’आज पहिलो दिन अस्पताल अगाडि सडक क्षेत्रसँगै अस्पताल परिसरमा सरसफाई गरियो प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.रायमाझीले भन्नुभयो-‘अवदेखि प्रत्येक शनिवार अभियानकै रुपमा संचालन गरिनेछ ।’

सरसफाईकर्मीसँगै चिकित्सक, कर्मचारी, नर्स, स्वास्थ्यकर्मी सबैले सँगसँगै सरसफाई गर्दा यसले सफाईकर्मीमा पनि सरसफाई गर्न प्रेरित गर्ने पनि उहाँको भनाइ छ । अर्को हप्ता चिकित्सक तथा स्वास्थ्यकर्मी बस्ने क्वाटर क्षेत्रको सफाइ गरिने प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.रायमाझीको भनाइ छ । अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले अस्पताल जस्तो संवेदनशील क्षेत्रलाई सफासुग्घर बनाउने उद्देश्यका साथ यो अभियान प्रारम्भ गरिएको बताउनुभयो ।

उहाँले अव यसलाई निरन्तरता दिइने भन्दै साप्ताहिक सरसफाई अभियानमा अस्पतालका सम्पूर्ण कर्मचारीहरुलाई सहभागिताको आग्रह पनि गर्नुभएको छ । आजदेखि सुरु भएको यो अभियानले त्यस्ता गुनासोलाई अन्त्य गर्ने पनि अध्यक्ष शाहले बताउनुभयो । आजको सरसफाई अभियानमा अस्पताल विकास समिति, अस्पताल प्रशासन, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको सहभागिता रहेको थियो । धेरै जस्तो बिरामीले अस्पतालको फोहोर व्यवस्थापनबारे गुनासो सुनाउँदै आएका थिए ।

  • ३० भाद्र २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech