स्वास्थ्यकर्मी संघ बाँकेले गर्यो तीज मिलन तथा दर खाने कार्यक्रम

    • स्वास्थ्य पेज

  • ३० भाद्र २०८०, शनिबार

नेपालगन्जः नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले तीज मिलन तथा दर खाने कार्यक्रम गरेको छ । स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष टेकबहादुर केसीको अध्यक्षता एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको प्रमुख आतिथ्यतामा तीज मिलन तथा दर खाने कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै सभापति गौडेलले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा सबै महिला दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गर्दै तीजलाई सुसंस्कृत ढंगले मनाउन आग्रह गर्नभयो । स्वास्थ्यकर्मी महिलाहरुका लागि तीज मिलन कार्यक्रम गरेर स्वास्थ्यकर्मी संघले राम्रो काम गरेको भन्दै उहाँले नेपाली कांग्रेस बाँके स्वास्थ्यकर्मी संघका सुखदुःखमा संगसंगै रहेको बताउनुभयो। नेपालगञ्ज नगर सभापति एवम् नगर प्रमुख प्रशान्त विष्टले नारी स्वतन्त्रताको पर्व तीजले नारीहरुमा छुट्टै उत्साह र उमंग पैदा गर्ने बताउनुभयो ।

खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले तीज हिन्दु नारीहरुको विशेष पर्व भएको बताउँदै तीज मनाउने तवरतरिका बदलिए पनि मूलरुपमा तीज नारीहरुको स्वतन्त्रतासंग जोडिएको पर्व रहेको बताउनुभयो। महिला संघ बाँकेकी अध्यक्ष नारायण रुपाखेतीले तीज संस्कृतिले महिलाहरुको आपसी सम्बन्ध र भावना साटासाटमा अहम् भूमिका खेल्ने बताउनुभयो।

बरिष्ठ उपाध्यक्ष बीरजंग शाहले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव तेज वलीले गर्नुभयो । औपचारिक कार्यक्रम पश्चात तीज गीतमा सभापति गौडेल, नगर प्रमुख विष्ट, उपाध्यक्ष मल्ल, राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषासिंह थारु लगायत महिला दिदीबहिनीहरु छमछम नाच्नु भएको थियो ।

  • ३० भाद्र २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech