भाइरोलोजिष्ट आचार्य र प्याथोलोजिष्ट डा.घिमिरे सम्मानित

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०८०, शुक्रबार

नेपालगन्ज: स्वास्थ्य कार्यालय बर्दियाले भाइरोलोजिष्ट सुलभ आचार्य र प्याथोलोजिष्ट डा प्रज्ञा गौतम घिमिरेलाई सम्मान गरेको छ ।

कार्यालयले आफ्नो वार्षिक समिक्षा गोष्ठीमा थोपा प्रयोगशाला नेपालगन्जका प्रमुख कार्यकारी अधिकृत समेत रहनु भएका भाइरोलोजिष्ट आचार्य र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सह-प्राध्यापक डा घिमिरेलाई प्रमाणपत्र र खादाले सम्मान गरेको हो ।

सिकलसेल एनिमिया र थालेसेमिया रोगको परिक्षण, निदान, उपचार व्यवस्थापन तथा परामर्श कार्यमा योगदान पुर्‍याएको भन्दै आचार्य र घिमिरेलाई सम्मान गरिएको हो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, जिल्ला समन्वय समिति प्रमुख सूर्य बहादुर बिष्ट र स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले उहाँहरुलाई सम्मानित गर्नु भएको हो ।

  • २९ भाद्र २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech