खजुरामा गरिएको निःशुल्क शिविर १ सय ७५ जनाको स्वास्थ्य परिक्षण

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०८०, शुक्रबार

नेपालगन्जः बााकेको खजुरामा महिलाको पाठेघर सम्बन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । खजुरा गाउँपालिका वडा नम्ब ५ स्थित स्वास्थ्य चौकीमा बिहीबार उक्त शिविर गरिएको हो ।

उक्त शिविरमा कुल १ सय ७५ जनाले स्वास्थ्य परिक्षण गराएका छन्, भने १४ जना बिरामीलाई रेफर गरिएको अध्यक्ष मैमुना सिद्धिकीले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौंरको विशेष पहलमा फातिमा फाउण्डेशन नेपालले खजुरा गाउँपालिका, भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजसँगको समन्वय शिविर सम्पन्न गरेको हो । सो क्रममा नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री समेत रहेका राठौंर लगायतले सम्बोधन गर्नुभएको थियो ।

फातिमा फाउण्डेशन नेपालका अध्यक्ष सिद्धिकीको सभापतित्वमा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा विशेष अतिथी एवम् प्रदेश सांसद बादशाह कुर्मी, खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, कान्ति आरोग्य अस्पतालका सञ्चालक एवम् वरिष्ठ बालरोग विशेषज्ञ डा. रोमा बोरा, भेरी अस्पतालका चिकित्सक डा. एलिस श्रेष्ठ, नेपालगन्ज मेडिकल कलेजका चिकित्सक डा. सबनम ठाकुर, गाउँपालिकाका नर्सिङ अधिकृत लक्ष्मी केसी  लगायतको सहभागिता रहेको थियो ।

  • २९ भाद्र २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech