खजुरा क्यान्सर अस्पतालमा बाल क्यान्सर रोगको उपचार सेवा सुरु गर्ने तयारी

    • स्वास्थ्य पेज

  • २७ भाद्र २०८०, बुधबार

नेपालगन्जः बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले तत्काल बाल क्यान्सर रोगको उपचार सेवा सुरु गर्ने भएको छ । क्यान्सर अस्पताल विकास समितिको एक वर्षे प्रगति विवरण सार्वजनिक गर्दै अध्यक्ष टेकेन्द्र मल्लले दर्सै अघिदेखि बाल क्यान्सर रोगको उपचार सेवा सुरु जानकारी दिनुभयो ।

त्यसका लागि बाल क्यान्सर रोग विशेषज्ञ चिकित्सक करारमा नियुक्त गर्ने प्रक्रिया सुरु भइसकेको पनि उहाँले बताउनुभयो । लुम्बिनी, कर्णाली र सुुदुरपश्चिम प्रदेशलाई लक्षित गरि स्थापना गरिएको उक्त अस्पतालमा पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीको उपचार गरिरहेको छ ।

अस्पतालले पछिल्लो समय अस्पतालमा बाट प्रदान हुने सेवा सुविधालाई पराकिलो बनाउँदै लिएको छ । ७० वर्ष नाघेका जेष्ठ नागरिक बिरामीलाई अस्पतालबाट प्रदान हुने सेवा शुल्कको ५० प्रतिशत अस्पताल विकास समितिले व्यहोर्ने गरि छुट गरिएको छ । यस्तै गरिब, असहाय तथा विपन्न बिरामीका लागि नि शुल्क उपचार तथा एवम् १० प्रतिशत बेड छुट्याइएको अस्पताल विकास समितिका अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

अस्पताल विकास समितिको अध्यक्ष भएर आएको एक वर्षको प्रगति कार्य विवरण सार्वजनिक गर्दै अध्यक्ष मल्लले भन्नुभयो-‘अहिले अस्पतालमा जनशक्ती अभाव छ, राज्यले जनशक्तीको परिपुर्ति गरिदिन सकेको छैन काज अस्थाई दरबन्दिका कर्मचारीले हामिले सेवा प्रदान गरिरहेका छौं ।’ कर्मचारी अभावकाबीच पनि गुण्स्तरिय सेवा दिने कोशिस भईरहेको छ । अस्पतालमा क्यान्सर लगायत विरामीको संख्यामा उल्लेख्य बृद्धि भईरहेको छ ।

आर्थिक वर्ष २०७८-७९ मा जनरल सहित २५ हजार १ सय ८१ जना आ.व. २०७९-८० मा २९ हजार २ सय ५५ जना क्यान्सरका मात्रै विरामीले सेवा लिएका छन् । बिरामीलाई रगतको आवश्यक पर्दा नेपालगन्ज लगायत अन्य ठाउँमा रगत लिन जान नपरोस भन्ने उद्देश्यले क्यान्सर अस्पताल परिसरमै ब्लड बैँक स्थापना गरि संचालनमा ल्याइएको लगायतका कामहरु एक वर्षको कार्यकालमा गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

  • २७ भाद्र २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech