बर्दियामा गरिएको कान शिविरमा ११५ जनाले सेवा लिए

    • स्वास्थ्य पेज

  • २६ भाद्र २०८०, मंगलवार

नेपालगन्जः बारबर्दिया नगरपालिका ६ आर.सी. थारु मेमोरियल नगर अस्पताल बर्दियामा आज निःशुल्क कान चेकजाँच शिविर गरिएको छ । ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगन्जको आयोजना तथा बारबर्दिया नगरपालिकाको समन्वयमा शिविर भएको हो ।

उक्त शिविरमा ११५ जनाले सेवा लिएका थिए । त्यसमध्ये १० जना बिरामीको कानको शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको सहायक कान चिकित्सक तिर्थमान थारुले बताउनुभयो ।

थारुसँगै अर्का सहायक कान चिकित्सक भिषण कुमार थारुले बिरामीको कान चेकजाँच गर्नुभएको थियो । त्यसक्रममा अधिकांशमा कान पाक्ने समस्या देखिएको थारुको भनाइ छ ।

कान स्वास्थ्यबारे सचेतना फैलाउने, कानको हेरचाह, उपचार र परामर्शका लागि शिविर आयोजना गरिएको पनि थारुको भनाइ छ ।

  • २६ भाद्र २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech