‘चाचाजी’ को ९५ औं जन्मजयन्ती : सञ्चारकर्मीको निःशुल्क मिर्गौला परीक्षण 

    • स्वास्थ्य पेज

  • २६ भाद्र २०८०, मंगलवार

नेपालगन्ज: नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी स्वर्गिय पन्नालाल गुप्त ‘चाचाजी’ को ९५ औं जन्मजयन्तीका अवसरमा मंगलबार सञ्चारकर्मीका लागि निःशुल्क मिर्गौला परीक्षण गरिएको छ ।

युनियन बाँके र पन्नालाल गुप्ता स्मृती प्रतिष्ठानको संयुक्त आयोजना तथा सेन्ट्रल सिटी हस्पिटलको सहकार्यमा शिविर राखिएको हो । सेन्ट्रल सिटी हस्पिटल परिसरमा बिहान आयोजित कार्यक्रमको उद्घाटन गरिएको थियो ।

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको सभापतित्व एवम् युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो ।

वरिष्ठ उपाध्यक्ष केसीले स्वर्गिय चाचाजीले आफ्नो जीवनकालमा सधैं साईकल चलाउने गरेको स्मरण गर्दै सञ्चारकर्मी स्वस्थ हुनका लागि नियमित रुपमा साईकल चलाउनुपर्ने बताउनुभयो ।

युनियन बाँकेका अध्यक्ष ढकालले सञ्चारकर्मीका लागि स्वास्थ्य नै महत्वपुर्ण भएकाले विगतका वर्षझै यसपटक पनि युनियन बाँकेले निःशुल्क मिर्गौला परिक्षण कार्यक्रम राखेको बताउनुभयो ।

उक्त कार्यक्रममा युनियनका वरिष्ठ उपाध्यक्ष केसी, पुर्वमेयर एवम् प्रतिष्ठानका अध्यक्ष विजय गुप्ता, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायले मन्तब्य ब्यक्त गर्नुभएको थियो।

युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव भिष्म लोधले गर्नुभएको थियो।अहिलेसम्म ६० जना बढी संचारकर्मीले मिर्गौला परिक्षण गरिसकेका छन् ।

  • २६ भाद्र २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech