विपी कोइरालाको जन्मजयन्तीमा बृहत रक्तदान

    • स्वास्थ्य पेज

  • २५ भाद्र २०८०, सोमबार

नेपालगन्जः महामानव विपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा नेपालगन्जमा बृहत रक्तदान गरिएको छ । नेपाल तरुण दल बाँकेको आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघको सहकार्यमा रक्तदान गरिएको हो ।

कार्यक्रममा १ सय १५ जनाले रक्तदान गरेका नेपाल तरुण दल बाँकेका सचिव बिनोद रिजालले जानकारी दिनुभयो। रक्तदानमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधी, सुरक्षाकर्मी, सर्बसाधारण लगायतले सक्रिय सहभागिता जनाएका थिए ।

तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाहको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, नेपाल तरुण दलका केन्द्रीय सदस्य विश्वराज लम्साल, तरुण दल बाँकेका संस्थापक अध्यक्ष एवम् पुर्वकेन्द्रीय सदस्य सुदिपनरसिंह राणा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

रक्तदान उद्घाटन कार्यक्रममा प्रदेश सांसदहरु, नेपाली काँग्रेसका जिल्ला, क्षेत्र, प्रदेश सभा, नगर समितिका पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

 

  • २५ भाद्र २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech