नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा कुकुरले टोकेपछि लगाइने एन्टि रेबिज भ्याक्सिन आइपुगेको छ ।
भ्याक्सिन अभावमा विगत एक महिना देखि कुकुरले टोकेका बिरामी समस्यामा परेका थिए ।
८४० भायल एन्टि रेबिज भ्याक्सिन आइपुगेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा पवनजंग रायमाझीले जानकारी दिनुभयो ।