खजुरामा गरिएको शिविरमा ६ सयले सेवा लिए

    • स्वास्थ्य पेज

  • २९ असार २०८०, शुक्रबार

नेपालगन्जः बाँकेको खजुरा गाउँपालिका ७ सोनपुरमा आज निशुल्क स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम गरिएको छ । नेपाली सेना तथा खजुरा गाउँपालिकाको आयोजना, भेरी अस्पतालको सहयोग तथा शाही डेन्टल क्लिनिकको सहयोगमा सोनपुर स्वास्थ्य चौकीमा शिविर भएको शाही डेन्टल क्लिनिकका संचालक करिष्मा शाहीले जानकारी दिनुभयो ।

उक्त शिविरमा ६ सय जनाले लाभ लिएको पनि उहाँको भनाइ छ । विभिन्न रोगको विशेषज्ञ सेवा प्रवाह गरिएको उक्त शिविरमा ४२७ जना महिला र १७३ जना पुरुष लाभान्वित भएका थिए ।

शिविरमा बालरोग विशेषज्ञ, स्त्रीरोग, फिजिसियन, दन्त रोग, छाला रोग र प्रयोगशाला जाँच गरिएको थियो । घरआगनमा विशेषज्ञ चिकित्सकसहितको सेवा पाउँदा स्थानीय खुसीले दंग परेका थिए ।

शिविरको खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्ल र बज्रदल गण, इमामनगर ब्यारेक राँझाका गणपति श्याम आत्रेय पौडेलले उद्घाटन गर्नुभएको थियो ।

उपाध्यक्ष मल्लले स्थानीयबासीको समस्यालाई ध्यानमा राखेर घर आँगनमै विशेषज्ञ सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो । त्यस्तै गणपति पौडेलले सैनिक र नागरिकको सम्वन्धलाई बलियो बनाउन शिविरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

  • २९ असार २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech