दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा धम्की आउन थाल्यो : स्वास्थ्यमन्त्री

    • स्वास्थ्य पेज

  • २८ असार २०८०, बिहीबार

नेपालगन्ज: स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताउनुभएको छ।

बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभयो । उहाँले दरबन्दी बाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरुको व्यवस्थापन गर्ने जोखिम रहेको उल्लेख गर्नुभयो।

आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको उहाँको भनाइ थियो। दरबन्दी अनुसारको डाक्टरहरु व्यवस्थापन गर्ने काम पार लगाएरै  छोड्ने पनि उहाँले दाबी गर्नुभयो ।

 स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गरेर नै छाड्ने प्रतिवद्धता जनाउँदै स्वास्थ्य मन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभूत स्वास्थ्य सेवा ग्रामीण स्तरसम्म स्वास्थ्यकर्मीहरुको पहुँच नभएको स्थानमा डाक्टरहरुको पहुँच पुर्‍याएर नै छोड्ने बताउनुभयो ।

 ८ सय डाक्टरहरु काजमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गर्ने उहाँको भनाइ छ।  ८ सय डाक्टरको दरबन्दी अनुसारको क्षेत्रमा पठाउन सकिन भने स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था आफूले देखेको बताउनुभयो।

 कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्ने अवस्था नभएको भन्दै उनले यसमा अप्रेसन नै गर्नुपर्ने दाबी गर्नुभयो ।

  • २८ असार २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech