कविता: मैले के देख्छु ? के भेट्छु ?

    • डा.अच्युत बिक्रम हमाल

  • २७ असार २०८०, बुधबार

[कविता]

मैले के देख्छु ? के भेट्छु ?
अध्यारो रातमा उज्यालो स्वप्न देख्छु मैले ।
आफ्नै छायाले विपनामा ढलेको भेट्छु मैले ।
न्यानो ओछ्यानमा चिसो निन्द्रा भेट्छु मैले ।
प्रचण्ड उष्णमा शीतल जुनकीरी भेट्छु मैले ।
मैले के देख्छु ? के भेट्छु ?

यहाँ यकृत जलाएर मुटु दह्रो पारेको देख्छु मैले ।
मनभरी आशा र मस्तिष्क भरी भरोसा लिएर बाँचेको भेट्छु मैले ।
आफ्नै कांधमा बुर्कुसी मारेर प्यास मेटेको देख्छु मैले ।
खुला आकाशमा खुट्टा बाधिएर बिचरण गरिरहेको चरी भेट्छु मैले ।
मैले के देख्छु ? के भेट्छु ?

(कलेजो रोग विशेषज्ञ डा. हमाल प्रहरी अस्पताल नेपालगन्जमा कार्यरत हुनुहुन्छ भने ओलस्का रामारोशन मेडिकल नेपालगन्जमा पनि आबद्ध हुनुहुन्छ।)

 

  • २७ असार २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech