दमका रोगीले  यी कुरा ख्याल गरौँ 

    • स्वास्थ्य पेज

  • १६ असार २०८०, शनिबार

दमले श्वासप्रश्वासमा अवरोध गर्छ । प्रायः चुरोट बढी खाएकालाई बुढेसकालमा सिओपिडी दम देखिने गर्छ । खानेकुरा पकाउँदा धुवाँले श्वासप्रश्वासमा अवरोध गर्दा पनि सिओपिडी हुन्छ । चुुरोट नखानेहरूमा आज्मा नामक दम देखिने गर्छ । धुलो, धुवाँ र बाहिरी वातावरणको असरस्वरूप श्वासनलीका नसाहरू साँघुरो भएर आज्मा हुन्छ । एलर्जी खालको दम सानो उमेरमा पनि हुन सक्छ ।

दम हुनुका कारण धेरै छन् । वंशानुगत कारणले पनि हुन सक्छ । बाल्यकालमा कुनै भाइरल संक्रमणबाट ग्रस्त भएका मानिसमा पनि पछि गएर दम देखिन सक्छ । रोगप्रतिरोधी क्षमता कम भएका मानिसलाई पनि दमले धेरै सताउन सक्छ । उनीहरूको प्रतिरोधी क्षमता दम वा अन्य एलर्जीजन्य रोगसँग लड्नका लागि मजबुत नहुन सक्छ । जसकारण सानो समस्याले पनि चाँडै सताउँछ ।

मुख्य समस्या

– स्याँस्याँ हुने ।
– खोकी लाग्ने, विशेषगरी रातमा ।
– कहिलेकाहीँ छाती दुख्ने ।
– ज्वरो आउने ।
– पाकेको खकार आउने ।
– ध्यान दिनुपर्ने कुरा
– धुवाँ, धुलो र चिसोबाट बच्ने ।
– निमोनियाको भ्याक्सिन हरेक पाँच–पाँच वर्षमा र इन्फ्लुइन्जाको भ्याक्सिन (खोप) हरेक वर्ष लगाउने ।
– धूम्रपान नगर्ने ।
– धुवाँमा बसेर पकाउन कम गर्ने । पकाउनैपरेमा खुला स्थान, धुवाँ सजिलै बाहिर जाने स्थानमा बसेर पकाउने । धुवाँरहित चुलोमा बसेर पकाउने ।
– प्रोटिनजन्य खानेकुरा, जस्तै– गेडागुडी, दाल, अन्डा, बोसो नभएको मासु खाने । दीर्घरोगीहरूलाई प्रोटिनजन्य खानेकुराले इन्फेक्सनबाट लड्न मद्दत पुर्‍याउँछ ।

  • १६ असार २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech