अत्यधिक गर्मीका कारण नेपालगन्ज र जानकीका बिद्यालय बन्द

    • स्वास्थ्य पेज

  • २१ जेष्ठ २०८०, आईतवार

नेपालगन्ज: अत्यधिक गर्मी बढेपछि आजदेखि नेपालगन्जका बिद्यालय बन्द भएका छन् । दिउँसोको तापक्रम ४० डिग्री माथि पुगेपछि विशेषत: बालबालिकाहरु बढी प्रभावित भएका छन् ।

बिद्यालयमै बालबालिकाहरु बिरामी पर्न थालेका छन् । वान्ता हुने, टाउको दुख्ने, ज्वरो आउने जस्तो समस्या देखिन थालेको शिक्षकहरु बताउँछन् । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले अत्यधिक गर्मीका कारण बालबालिकाहरुमा स्वास्थ्य समस्या देखिन थालेपछि आजदेखि तीन दिनको लागि बिद्यालय बन्द गरिएको जानकारी दिनुभयो ।

उहाँले मौसमको अबस्था हेरेर बिदा लम्बिन सक्ने संकेत गर्नु भएको छ । यस्तै जानकी गाउँपालिकाले पनि आजदेखि बिदा गरेको छ । गर्मी बढ्ने क्रम नरोकिएकाले २६ गतेसम्म बिदा दिइएको गाउँपालिकाका अध्यक्ष छ्ब्बन खाँले जानकारी दिनुभयो । अन्य पालिकाहरुले पनि बिदा दिने तयारी गरेका छन् ।

बालबालिकाहरुको स्वास्थ्यलाई ध्यान दिएर केहिदिन बिद्यालाय बन्द गरिनु पर्ने अभिभावकहरुले माग गरेका छन् । मौसमविदहरुले गर्मी अझै बढ्ने भन्दै सावधानी अपनाउन अपील गरेका छन् । गर्मीसंगै तातो हावा र लु चल्ने क्रम जारी रहेकाले दिउँसोको समय घरबाहिर हिडडुल नगर्न उनीहरुको अपील छ ।

  • २१ जेष्ठ २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech