नेपालगन्जः बाँके प्रशासनले सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले आज सूचना निकालेर सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न नगराउन आग्रह गर्नुभएको हो ।
सूचनाको पालना नगरे सार्वजनिक सूर्तिजन्य पदार्थ नियन्त्रण र निवारण ऐन २०६८ को दफा १७ बमोजिम कारवाही गरिने चेतावनी दिइएको छ ।