शाही डेन्टल क्लिनिकद्धारा राझामा निःशूल्क दाँत शिविर

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०८०, सोमबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० राँझामा आज निःशूल्क दाँत शिविरको आयोजना गरिएको छ । नेपालगन्जस्थित शाही डेन्टल क्लिनिकको आयोजनामा आर्दश माध्यामिक विद्यालयमा भएको शिविरमा झन्डै एक सय जना स्थानीयबासीले सेवा लिएका थिए । सेवा लिएका मध्ये २६ जनाको दाँत फालिएको छ भने १८ जनाको दाँत भरेको क्लिनिकका संचालक करिष्मा शाहीले जानकारी दिनुभयो ।

शिविरमा सेवा लिन आएका मध्ये दुईजनको भने शल्यक्रिया गर्नु पर्ने अवस्था रहेको पनि उहाँको भनाइ छ । दन्त रोग विशेषज्ञ डा.विनय कुमार यादव नेतृत्वको चिकित्सक टोलिले शिविरमा आएका बिरामीको चेकजाँच गरेको थियो । पर्सि बुधवार नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा निःशूल्क दाँत शिविरको आयोजना गरिएको छ ।

अहिले पनि मानिसहरुले दाँतको उपचारबारे खासै चासो नदिने गरेको पाइएको छ । समस्या आएपछि मात्रै उपचार सेवा लिने गरेको पाइन्छ । तर चिकित्सकहरुले दाँतको नियमित चेकजाँच र परामर्श सेवा लिन आग्रह गर्ने गरेका छन् । दाँतको उचित हेरचाह र सरसफाईमा ध्यान नदिने हो भने गम्भीर खाले स्वास्थ्य जटिला निम्तने चिकित्सकहरुको भनाइ छ ।

शाही डेन्टल क्लिनिकले शिविरका माध्यमबाट आम मानिसहरुलाई दाँतको हेरचाह र उपचारमा विशेष सावधानी अपनाउन सचेतना फैलाउने काम पनि गर्दै आएको छ । उपचार सँगसँगै परामर्श सेवा पनि दिने गरिएको संचालक शाहीको भनाइ छ ।

  • १५ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech