गेटा अस्पताल अब शहीद दशरथ चन्द प्रतिष्ठान, दैलेखमा स्याटेलाइट अस्पताल

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०८०, सोमबार

नेपालगन्जः कैलालीस्थित गेटा मेडिकल कलेज सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरिने भएको छ। सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो बतानुभएको हो ।

उक्त प्रतिष्ठानमा १०० शय्याको अस्पताल यही वर्षदेखि सञ्चालनमा ल्याइने बताइएको छ। उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको छ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने घोषणा गर्नुभएको थियो ।

अर्थमन्त्री महतले डडेलधुरामा मेडिकल कलेज बनाउन बजेट विनियोजन गरिएको बताउनुभयो। यसैगरी दैलेखको राकममा १०० शय्याको स्याटेलाइट अस्पतालका लागि समेत बजेट विनियोजन गरिएको बताइएको छ।

  • १५ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech