डेंगु रोक्न लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०८०, सोमबार

नेपालगन्जः सरकारले डेंगु रोग सार्ने लामखुट्टेको लार्भा र बासस्थान खोजेर नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले डेंगु रोग रोकथाम तथा नियन्त्रणको लागि पूर्व मनसुन, मनसुन र मनसुन पश्चात् डेंगी रोग सार्ने लामखुट्टेको लार्भा र वासस्थान खोजेर नष्ट गर्ने अभियान सञ्चालन गरिने बताउनुभयो ।

डेंगी, औँलो, कालाजार र हात्तीपाइले लगायतका अन्य मौसमी र किटजन्य रोगको रोकथाम गर्न आवश्यक रकम विनियोजन गरिएको उहाँको भनाइ छ ।

  • १५ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech