बर्दिया अस्पतालमा पहिलो पटक तीन जना महिलाको पाठेघरको शल्यक्रिया

    • स्वास्थ्य पेज

  • ११ जेष्ठ २०८०, बिहीबार

बर्दियाः जिल्ला अस्पताल बर्दियामा पहिलो पटक तीन जना महिलाको पाठेघरको शल्यक्रिया गरिएको छ ।

गुलरिया—७ की ४५ वर्षीया सम्पदा यादव, बारबर्दिया नगरपालिकाकी ४० वर्षीया सुमिता थारु र गुलरिया नगरपालिका—१ की ६० वर्षीया कुन्ती यादवको शल्यक्रिया गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ स्यामिनी चौधरी, रामविश्वास राय लगायत सातजना स्वास्थ्यकर्मीको सहयोगमा शल्यक्रिया गरिएको हो । जटिल खालको पाठेघर पेट चिरेर निकालिएको डा चौधरीले बताउनुभयो ।

केस जटिल भए पनि सतर्कतापूर्वक पाठेघर बाहिर निकालिएको उहाँको भनाइ छ । तीमध्ये एक जना महिलाको करिब एक वर्षदेखि पाठेघरको समस्याले रगत बग्ने समस्या थियो ।
शल्यक्रिया गरेकी तीनै जनाको अवस्था सामान्य रहेको छ ।

  • ११ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech