विश्व थाइराइड दिवस: थाइराइड के हो, कसरी बच्ने ?

    • स्वास्थ्य पेज

  • ११ जेष्ठ २०८०, बिहीबार

सामान्य भाषामा थाइराइड भनेको गलगाँड हो । धेरैले यसलाई नयाँ  रोगको रूपमा लिन्छन् । थाइराइड भनेको एउटा ग्रन्थी हो ।यो एउटा सानो पुतली  आकारको अङ्ग हो । यो हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हर्मोन उत्पादन गर्छ । सोही हर्मोनले नै हाम्रो शरीरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । तसर्थ  सजिलोका लागि थाइराइड ड्राइभर हो भने हाम्रो अन्य अङ्ग मोटर हो । थाइराइड  हाम्रो शरीरको अत्यन्तै  महत्वपूर्ण अङ्ग हो ।

थाइराइड घट्ने र बढ्ने हुन्छ । थाइराइड ग्रन्थी धेरै चलाइयो भने हाइपर  थाइराइड हुन्छ भने थाइराइडले गर्नुपर्ने भन्दा कम काम ग-यो भने हाइपो थाइराइड हुन्छ । हाइपर थाइराइड भयो भने मान्छे दुब्लाउँछ र हाइपो थाइराइड भयो भने मान्छे मोटाउँछ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म भनिन्छ ।

यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन । कहिलेकाहीँ रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी देखिन्छ । तर, केही समयपछि यो समस्या आफैँ निको भएर जान्छ । कसैलाई मुटु र डिप्रेसनको औषधिका कारण पनि थाइराइडको समस्या हुने गरेको छ ।

नेपालमा महिलालाई बढी समस्या देखिने गरेको छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको पाइएको हो । महिला र पुरुषको अनुपातमा हेर्दा १० जना महिलामा देखिएमा एकजना पुरुषमा देखिन्छ ।

हाइपर थाइराइड 

हाइपर शब्द ग्रीक हो । जसको अर्थ नेपालीमा बढी हुन्छ । थाइराइडको मात्रा बढी प्रयोग भयो भने हाइपर थाइराइड हुन्छ । थाइराइडले शरीरमा भएको तŒव नाश हुन्छ, अलि बढी गर्मी हुन्छ । शरीर पनि काम्ने हुन्छ  ।

हाइपो थाइराइड 

अल्छी भएर हुने रोग थाइराइड हो । नेपालमा सबैभन्दा बढी  हुने थाइराइड भनेको यही प्रकारको हो । मोटाउने  यसको प्रमुख लक्षण हो । यो  इन्जिन  नचलेर यसो भएको हो । यस रोगमा बिर्सने बानी अत्यधिक हुन्छ । हाइपो  भनेको थाइराइडले काम कम गर्नु हो ।

लक्षण 

कपाल झर्नु
छिटोछिटो महिनावारी हुनु र अत्यधिक रक्तश्राव
गलगाँड आउनु
तनाव बढी हुन्छ ।
अस्वाभाविक रूपमा तौल बढ्नु
छाला फुस्रो हुनु
मुटुको गति सुस्त हुनु
चाँडो थकाई लाग्नु
मुड छिनछिनमा परिवर्तन भइरहनु र कमजोर  (स्मरणक्षमता)
चिसो लाग्नु
आवाजमा भारीपन बढ्नु

हाम्रो देशमा थाइराइड हुनुको कारण

हाम्रो देशमा थाइराइड हुनुको प्रमुख कारण भोगौलिक बनावटले पनि हो ।  महिलाहरुमा गर्भावस्थाको समयमा आफसेआफ आयोडिन कम हुन जान्छ । आयोडिन बच्चाले पनि लिन्छ । त्यसकारण महिला कमजोर महसुस गर्छन् । हामीले पुराना अङ्ग्रेजी पुस्तक पढ्यौं भने एक कुरा देख्छाैं त्यो हो महिला बच्चा जन्माइसकेपछि समुद्री किनारामा जान्थे । समुद्री किनारामा जानुको एउटै कारण हो आयोडिनको मात्रा पु-याउनु तर  यहाँ  त यो सम्भव भएन त्यसकारण पनि महिलामा बढी देखिएको हो । हामीले विकसित भुपरिवेष्ठित राष्ट्रले जस्तो सुविधा पु¥याउन सकेका छैनांै ।

डेफिनेटेभ थेरापी 

डेफिनेटेभ थेरापी दिनुपर्छ । रेडियो एक्टिभ आयोडिन दिनुपर्छ । यसको फाइदा के हो भने ट्याबलेट खाली थाइराइडले दिन्छ । एक्स्ट्रा भयो भने पिसाबबाट निस्कन्छ बेफाइदा गर्दैन । थाइराइडलाई जलाइदिन्छ । बढी जल्यो भने हाइपो हुन्छ ।

सर्जरी गर्नुपर्छ 

थाइराइडलाई निकाल्ने सर्जनलाई सोध्छाैं । हाइपो भयो भने उपचार गर्न  गाह्रो हुन्छ ।

हाइपो थाइराइड 

यसमा थाइराइडले बढी काम गर्छ । आँखा बाहिर आउने हुन्छ ।

बच्नलाई के गर्ने  ?

चिनीको मात्रा कम प्रयोग गर्ने
धूमपान नगर्ने
पोषणयुक्त खानेकुरा खाने ।
गर्भावस्थामा विशेष  ख्याल राख्ने
उमेरअनुसार भिटामिन र आयोडिनको मात्रा लिने

  • ११ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech