भेरी अस्पताल विकास समितिका पदाधिकारीको बिदाई

    • स्वास्थ्य पेज

  • १० जेष्ठ २०८०, बुधबार

नेपालगन्जः भेरी अस्पताल विकास समितिका पदाधिकारीको आज बिदाई गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्यहरु सरस्वती मल्ल, कृष्ण प्रसाद श्रेष्ठ र धनराम वलीलाई बिदाई गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोख्रेलले बिदाई हुने पदाधिकारीलाई कदरपत्रसहित सम्मान गर्नु भयो ।

त्यसक्रममा उहाँले अस्पताल विकास समितिले अस्पतालको बृद्धि विकासका लागि खेलेको भूमिकाको खुलेर प्रंशसा गर्नुभयो । ‘कैयौं अस्पताल विकास समितिको ध्यान आफ्ना कार्यकर्ता भर्ती गर्नतर्फ केन्द्रीत भएको मैले आफै देखेको छु उहाँले भन्नुभयो–‘भेरी अस्पताल विकास समितिले भने सधैं अस्पताल विकासकै सवालमा काम गरेको पाइयो । त्यसैले पनि अस्पतालको अवस्था यहाँसम्म आएको हो ।’

भेरी अस्पताल विकास समितिका पदाधिकारीलाई २०७७ साल जेठ १३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि नियुक्त गरेको थियो । बिदाई कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भेरी अस्पताल विकास समितिका सदस्य धनराम वलीले अस्पतालको वृद्धि विकासका लागि ३६ महिनाको कार्यकालमा अस्पताल विकास समितिले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले अस्पतालकै वृद्धि विकासका लागि अस्पताल विकास समितिको ५० पटक बैठक बसेको पनि जानकारी दिनुभयो ।

उहाँले यो अबधिमा डा.प्रकाश थापा, डा.बीरेन्द्र बहादुर चन्द र डा.बद्री चापागाईं गरी तीन जना मेसुसंग समन्वय र सहकार्य गरेर काम गर्ने अवसर मिलेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले अस्पताल स्थापनाको १३१ वर्षपछि पहिलो पटक अस्पताल विकास समितिले स्थापना दिवस मनाउने कार्यको सुभारम्भ गरेको जानकारी दिनुभयो । उहाँले अस्पताल विकास समितिले अस्पतालको स्तरोन्नति र विकासमा सकेसम्म नीतिगत तहमा दबाब दिने काम गरेको बताउनुभयो । भेरी अस्पताललाई बिशिष्टिकृत अस्पताल भनिएपनि जनशक्तिको अभाव चरम रहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

अस्पतालमा बिरामीको चापको अवस्था हेर्ने हो भने भेरी अस्पताललाई अझै १ हजार ३ सय ७६ जना कर्मचारी आवश्यक रहेकोे पनि उहाँले उल्लेख गर्नुभयो । उहाँहरुको तीन वर्षीय कार्यकाल यहि जेठ १३ गते पूरा हुँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पोख्रेलले इमर्जेन्सी कक्ष स्तरोन्नति तथा स्थानान्तरण कार्यक्रममा सहभागी भएकाले त्यहीँ मौका छोपेर औपचारिक कार्यक्रमका बीच उहाँहरुको बिदाई गरिएको अस्पतालले जनाएको छ ।

  • १० जेष्ठ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech