उच्च रक्तचापबाट कसरी बच्ने ?

    • स्वास्थ्य पेज

  • १० जेष्ठ २०८०, बुधबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च रक्तचापबाट बच्न खानपानमा ध्यान दिन आग्रह गरेको छ । खानपानमा विशेष ध्यान दिनसके उच्च रक्तचापबाट बच्न सकिने मन्त्रालयको भनाइ छ ।

धुमपान र मदिरा सेवन नगर्नु, हरियो सागसब्जी र फलफूल धेरै खानु उच्च रक्तचापबाट बच्ने उपाय हुन् । खानामा नुनको प्रयोग कम गर्ने, रातो र धेरै बोसोयुक्त मासु कम खाने गर्नाले पनि उच्च रक्तचापबाट बच्न सकिने मन्त्रालयले जनाएको छ ।

नियमित व्यायाम तथा योग गर्नु पनि उच्च रक्तचापबाट बच्ने अर्को उपाय हो । सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ ।

सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्सक बताउँछन् । नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेमा २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ ।

  • १० जेष्ठ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech