कोहलपुरमा क्षयरोग निवारणका लागि चेतनामुलक कार्यक्रमलाई प्रभावकारी बनाइँदै

    • स्वास्थ्य पेज

  • ९ जेष्ठ २०८०, मंगलवार

कोहलपुर: कोहलपुर नगरपालिकाले क्षयरोग निवारणका लागि जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाएको छ । कोहलपुर नगरपालिका क्षयरोग मुक्त अभियानका संयोजक राजु केसीका अनुसार क्षयरोगको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य संस्थामा क्षयरोगका बिरामी तथा उनीहरुको घरपरिवारसँग अन्तरक्रिया गर्दै सचेतना फैलाउने काम तीब्ररुपमा पारिएको छ ।

त्यसैगरी बिरामी सहयोग समूह गठन गर्ने, स्थानीय तहमा युवा समूह गठन, नागरिक माज संगठनको गठन, छुटेका क्षयरोग प्रभावित व्यक्तिहरुको खोजपडतालका लागि स्वयम सेविका र आमा समूहलाई अभिमुखिकरण समेत गर्ने गरिएको संयोजक केसीको भनाइ छ । बैशाख महिनामा यस्ता १९ वटा कार्यक्रम सम्पन्न भइसकेका छन् ।

वडा नं.२ को आधारभूत स्वास्थ्य केन्द्र, वडा नं.४ र ६ को आधारभूत स्वास्थ्य केन्द्र, त्यसैगरी ७ र १४ को स्वास्थ्य संस्था, वडा नं. ९ को आधारभूत स्वास्थ्य केन्द्र, वडा नं.१५ को नगर स्वास्थ्य प्रबद्र्धन केन्द्र, वडा नं.१० को आधारभूत स्वास्थ्य केन्द्र, वडा नं.११ को नगर अस्पताल, वडा नं.१२ र १३ को आधारभ्रूत स्वास्थ्य केन्द्र र वडा नं.५ र ८ को आधारभूत स्वास्थ्य केन्द्रमा क्षयरोगको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य संस्थामा क्षयरोगका बिरामी तथा उनीहरुको घरपरिवारसँग अन्तरक्रिया गरिएको छ । त्यसैगरी वडा नं.१२ मा बिरामी सहयोग समूह गठनसँगै अभिमुखिकरण गरिएको छ भने आधारभूत स्वास्थ्य केन्द्र १० मा स्थानीय तहमा युवा समूह गठनसँगै अभिमुखिकरण पनि गरिएको छ ।

त्यस्तै आधारभूत स्वास्थ्य केन्द्र १३ मा नागरिक समाज गठनसँगै क्षयरोग सम्वन्धी अभिमुखिकरण गरिएको पनि संयोजक केसीले बताउनुभयो । त्यसैगरी नगर स्वास्थ्य प्रबद्र्धन केन्द्रमा छुटेका क्षयरोग प्रभावित व्यक्तिहरुको खोजपडतालका लागि स्वयमसेविका र आमा समूहसँग अन्तरक्रिया गरिएको छ ।

आगामी जेठ १४ गतेदेखि भने क्षयरोग बेसिक मोडुलर सम्वन्धी तीन दिने तालिमको आयोजना गरिएको उहाँको भनाइ छ । क्षयरोग निवारणका लागि जनचेतना फैलाउने, रोगीको पहिचान गर्ने, उपचार र परामर्शलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेर अभियान संचालन गरिएको पनि केसीले बताउनुभयो ।

  • ९ जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech