बच्चालाई जंग फुडको लतबाट कसरी छुटाउने ?

    • स्वास्थ्य पेज

  • ९ जेष्ठ २०८०, मंगलवार

साधारणरूपमा बुझ्दा जङ्क खाना भनेको यस्तो खाना हो जसमा प्रयोगशालामा परीक्षण गर्दा उच्च क्यालोरी भएको त पाइन्छ तर ती खाना खाँदा प्रयोगशालामा परीक्षण गर्दा देखिने जस्तो पोषण तत्वहरू भने तपाईँको शरीरले प्राप्त गर्ने गर्दैन।

प्रायः सबै नै जङ्क फुड नून, चिनी र फ्याटको संयोजनबाट तयार हुने गर्छन् । नून, चिनी र फ्याटको एउटा यस्तो संयोजन जसले गर्दा खाना अत्यन्त आकर्षक देखिन्छ। खानाबाट आउने बास्ना लोभलाग्दो हुन्छ । हेर्दै खाउँ खाउँ लाग्ने र खाँदासमेत धेरै मीठो महसुस हुन्छ । एकचोटि उक्त खाना खाएपछि पुनः पटक पटक खान मन लाग्ने एक प्रकारको एडिक्सन वा तलतल लाग्ने हुन्छ।

वास्तविकतामा भने खानाबाट अनिवार्यरूपमा शरीरले प्राप्त गर्नुपर्ने शरीरका लागि उच्च महत्व रहने खाद्य, पोषण तथा हिलिङ्गको सार तत्वमै कमी रहेको हुन्छ । खानाले तपाईँलाई दिने प्रभाव र शरीरलाई उपलब्ध गराउन सक्ने सार तत्वमा ठूलो अन्तर रहन्छ।आज संसारमा खाद्य वैज्ञानिक तथा रसायनशास्त्रीहरू मानिसमा कुनै खाना एकपटक चाखेपछि उक्त खाना दोहोयाएर नखाइ बस्न मन थाम्न नसक्ने बन्ने गरी स्वादको विकास गर्ने प्रविधि पहिचान गर्न सफल बनेका छन् ।

कसरी छुटाउने बालबालिकालाई जंग फुडको लत ?

जङ्क फुड खाने बानी छुटाउनका लागि तपाईंले थोरै मेहनत गर्नुपर्छ । तपाईंले बच्चालाई उसलाई मन पर्ने खानालाई घरमा बनाएर दिनुपर्छ । हुन त पिज्जा–बर्गर लगायत खानेकुरा बच्चाका लागि ठिक हुँदैन । तर यी खानेकुरामा पनि तपाईंले तरकारी र आटाजस्ता चिज प्रयोग गरेर स्वस्थ बनाउन सकिन्छ । यस कारण बालबालिका बिस्तारै बाहिरको खाना खान बन्द गर्नेछन् ।

  • ९ जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech