यी हुन् धुमपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्दा हुने फाइदा

    • स्वास्थ्य पेज

  • ८ जेष्ठ २०८०, सोमबार

नेपालगन्जः धुमपान तथा सुर्तीजन्य पदार्थ प्रयोग गर्न छोडेमा स्वास्थ्यमा धेरै कुरामा फाइदा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैले धुमपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

धुमपान तथा सुर्तीजन्य पदार्थ प्रयोग नगरे हृदयाघातको जोखिम कम हुने मन्त्रालयले जनाएको छ । क्यान्सर र मधुमेहको जोखिमसमेत कम हुने मन्त्रालयको भनाइ छ ।

धुमपान तथा सुर्तीजन्य पदार्थ प्रयोग नगरे फोक्सो र श्वासप्रश्वास सम्बन्धी समस्या कम हुने, मुख दाँत, गिजा स्वस्थ रहने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना कम हुने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

आँखाको दृष्टि कमजोर हुनबाट जोगिने, श्रवण शक्ति कमजोर हुनेबाट जोगिने र गर्भावस्थामा हुने जोखिम पनि धुमपान तथा सुर्तीजन्य पदार्थ प्रयोग नगरे कम हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • ८ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech