किन देखिन्छ बालबालिकामा जन्मँदै मुटुको समस्या ? ( भिडियो सहित )

    • स्वास्थ्य पेज

  • ४ जेष्ठ २०८०, बिहीबार

मुटुरोग दुई थरी हुन्छन्। एउटा जन्मिएपछि मुटुमा हुने र अर्को जन्मँदैमा मुटुमा समस्या लिएर जन्मिने। जन्मजात मुटुरोग भन्नाले जन्मँदैमा मुटुमा देखिने समस्या हो। गर्भमा छँदै यो रोग भइसकेको हुन्छ। बालमुटु रोगमध्य जन्मजात मुटुरोग, मुटुमा प्वाल हुने, चालमा घटबढ, मुटु बाथरोग लगायत पर्छन् ।

आमाको दूध राम्रोसँग चुस्न नसक्ने, दूध खाने क्रममा छिटो–छिटो श्वास फेर्ने, दूध छोड्दै तान्ने, दूध खाने बेला एकदम पसिना आउने समस्या हुन्छ। योसँगै ती बच्चालाई निमोनिया हुने, परीक्षणका क्रममा मुटुमा फरक किसिमको आवाज आउने र तौल आवश्यकता अनुसार नबढ्ने हुन्छ।

यी लक्षण देखिए अभिभावकले आफ्नो बच्चामा मुटुसम्बन्धी रोग छ कि भनेर शंका गर्नुपर्छ। यो समस्या भएका बच्चाहरु चिकित्सकसँग निरन्तर सम्पर्कमा रहनै पर्छ। एक्सरे, इसिजी गरेर पनि मुटुको अवस्था हेर्न सकिन्छ। तर, रोगको निदान गरी उपचार चाहिने वा नचाहिने पत्ता लगाउन भने बच्चाको ‘इको कार्डियोग्राफी’ नै गर्नुपर्छ। इको कार्डियोग्राफी गरेपछि मात्र समस्याको अवस्था र उपचारको किसिमबारे चिकित्सकले सल्लाह दिन्छन्।

यस्तो समस्या भएका बालबालिकाका अभिभावकले उनीहरुको खानपान र पोषणमा विशेष ध्यान दिनुपर्छ। सामान्य बच्चालाई भन्दा पोषणको बढी खाँचो पर्छ। समयमै समस्या पहिचान गरेर उपचार गर्न सके जन्मजात रूपमा देखिने मुटुको समस्याको सफल उपचार सम्भव रहेको बाल मुटुरोग विशेषज्ञ डा.पुनम शर्मा बताउँनुहुन्छ ।

यसबारे थप भिडियोमा हेर्नुहोस् 

  • ४ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech