उच्च रक्तचाप के हो ? के उच्च रक्तचापको औषधि छुटाउन सकिन्छ ?

    • प्रा.डा. रत्नमणि गजुरेल/ कार्डियोथोरासिक भास्कुलर

  • ४ जेष्ठ २०८०, बिहीबार

उच्च रक्तचाप विभिन्न कारणले गर्दा हुन्छ । कसैमा त यसको कारण नै भेटिदैन् । तथ्यांकगत रुपमा हेर्दा ८० देखि ९० प्रतिशतमा यसको कुनै पनि कारण भेटिदैन् । रक्तचापका विभिन्न कारणहरुमध्ये वंशाणुगत कारण एक हो । त्यसबाहेक १० प्रतिशत मुटुका बिरामी, नसासम्बन्धी समस्या भएका कारणले देखिन्छ । मुटुमा धमिनी साँघुरो हुँदा र मिर्गौलामा जाने धमिनीमा साँघुरो भएमा, थाइराइड, ट्युमरलगायतका समस्या भएका कारण पनि उच्च रक्तचाप देखिन सक्छ ।

उच्च रक्तचापकै कारणले पनि मिर्गौला खराब हुन्छ । र, मिर्गौला खराब हुँदा पनि रक्तचाप देखिन्छ । चाप नापेर उच्च रक्तचाप देखिसकेपछि त्यसको एक मापदण्ड हुन्छ, जसले कसलाई कति रक्तचाप छ भन्ने कुरा थाहा हुन्छ । रक्तचाप यस्तो कुरा हो, जुन हाम्रो थोरै शारीरिक गतिविधिले पनि १० प्रतिशत जति बढी आउँछ, जुन सामान्य हो ।

कस्तो अवस्था उच्च रक्तचाप हो ?

सुरुमा जाँचअघि १० मिनेट आराम गरेपछि दायाँ र बायाँ पाखुराबाट प्रेसर नाप्ने गर्नुपर्छ । बिरामीलाई आरामसँग बस्न दिने र हातखुट्टा मोडेर बसेको अवस्थामा लिन हुँदैन् । प्रेसर नाप्दा १४० भन्दा बढी र ९० भन्दा बढी आउँछ भने प्रेसर बढी हुने देखिन्छ ।

त्यसको लागि पनि केही अवस्था हेर्न पर्ने हुन्छ । जस्तै, कुनै व्यक्तिमा कुनै शरीरको अंग ड्यामेज भएको व्यक्ति छ भने ती व्यक्तिहरुमा अरु सिमित परीक्षणबाहेक गहन परीक्षण गर्न जरुरी छैन । तर, कुनै स्वस्थ व्यक्तिमा प्रेसर बढी देखिएमा माइल्ड सिम्टमेटिक र असिम्टोमेटिक व्यक्तिहरुमा इभ्यालुएसन गर्दा प्रसेर नाप्नेदेखि २४ घण्टाभित्र जाँच जसलाई हामी एम्बुलेटरी ब्लड प्रसेर मोनिटरिङ भन्छौं । जसमा ती व्यक्तिले ब्लड प्रेसरको कप लगाएर आफ्नो दैनिक काम सबै गर्छ । त्यसअवधिमा सेट गरिएको मेसिनले २० देखि आधा घण्टाको अवस्था लिन्छ, जुन मेमोरी चिप्समा बस्छ, जसबाट हामीले हेर्दा दिउँसो, राति र मध्यम समयमा कति हुनुपर्छ भनेर तोकिएको हुन्छ । १३५र८५ आयो भने उनी प्रेसरको बिरामी नभएको ठहरिन्छ ।

कहिलेकाहीँ हामीले खानपानमा ध्यान दिन सुझाव दिन्छौं । हामी राति सुतेको समयमा शरीरका सबै अंगहरु सक्रिय हुँदैनन् । त्यसबेला भने प्रेसर सबै घटेको हुन्छ । त्यस समयमा पनि १२० भन्दा तल र ७५ भन्दा तल आउँदा सामान्य हो भन्ने बुझिन्छ । कहिलेकाहीँ प्रेसर नाप्दा बढी र कहिले घटी आउँछ भने मुटुको इसिजी, इको, आँखाको रेटिनामा हेर्नुपर्छ । मिर्गौलाको जाँच गर्छौं र सबै हेरेर प्रेसरको औषधी दिनु उपयुक्त हुन्छ हुँदैन्, त्यो हेरेर दिने गर्छौं ।

के प्रेसरको औषधि

एकपटक खाएपछि सधै खानुपर्छ रु प्रेसरको औषधि सुरु गरेपछि कहिलेसम्म खानुपर्छ भन्ने अनुमान लगाउन सकिदैन् । यो आंशिक सत्य हो । ९० प्रतिशत व्यक्तिमा के कारणले प्रेसर भएको हो थाहा हुँदैन्, जसले गर्दा के कारणले औषधि छुट्याउने भन्ने कुरा पहिचान गर्न सकिदैन् । त्यस्ता व्यक्तिले औषधि छुट्याउन हुँदैन् । कुनै कारणले प्रेसर भएको रहेछ भने त्यो कारणको समाधान गर्दै जाँदा रक्तचाप कम हुन्छ । त्यस्तो अवस्थामा औषधि बन्द गर्न सकिन्छ ।

जस्तैः मिर्गौला र मुटुको धमिनी साँघुरो भएको अवस्थालाई कुनै हिसाबले सफल उपचार गरेमा केहि समयपछि औषधि बन्द गर्न सकिन्छ । त्यस्तै, कतिपय व्यक्तिमा भने दैनिकीमा सुधार ल्याउँदा प्रेसर घटेको पाइयो भने औषधि रोक्न सकिन्छ । मानिसको छुट्टाछुटै शरीरको मेकानिजम हुन्छ । जसले गर्दा शरीरमा भर पर्छ । आफैले नियन्त्रण गर्न सकियो भने औषधि हटाउन सकिन्छ । तर, सबैमा भने त्यो लागु हुँदैन् ।

  • ४ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech