दुब्लो हुनुहुन्छ ? यसरि बढाउने तौल

    • स्वास्थ्य पेज

  • ३ जेष्ठ २०८०, बुधबार

हामीले देखेका छौं, कतिपय व्यक्ति जति खाएपनि साह्रै  दुब्ला-पातला हुन्छन् । कुनै न कुनै बेला तपाईँलाई आफ्नो तौल बढाउन मन लाग्नु स्वाभाविक कुरा हो।शरीरको उचाई अनुरुप तौल मापन गरिन्छ । तौल बढाउने सबैभन्दा राम्रो प्राकृतिक उपाय आफ्नो खानामा क्यालोरीको मात्रा बढाउनु हो।

यदि तपाईँको तौल हुनुपर्ने भन्दानि कम छ भने तुरुन्तै चिकित्सकसँग सल्लाह लिनुपर्छ ।यदि धेरै तौल छ भने, त्यसले अनेक रोग निम्त्याउँछ । कम तौल छ भने पनि त्यसलाई स्वस्थ्यकर मानिदैन । तर हेर्दै टिठलाग्दो देखिन्छ भने यसका धेरै कारणहरु हुनसक्छ,। तर पौष्टिक र उच्च क्यालोरीयुक्त खाना खाएर यसलाई ठिक गर्न सकिन्छ ।

तौल कसरी बढाउने

तौल बढाउनका लागि सबैभन्दा पहिला फिट रहनु जरूरी छ। तर तौल बढाउनुको अर्थ शारीरिक रुपमा निष्क्रिय रहनुचाहिँ होइन। त्यसैले दैनिकी सन्तुलन भोजन खानुहोस्, स्वस्थ खानेकुराहरू खानुहोस्, बाह्य प्याकेटका खानेकुराहरू नखानुहोस्, दैनिक व्यायाम गर्नुहोस्, तपाईँको शरीर त्यसै पनि स्वस्थ हुनेछ।

१. कार्बोहाइड्रेट्स ,प्रोटिन,क्याल्सियम,क्यालोरीयुक्त खाना खाने । आलु ,अन्डा ,पास्ता ,दूध ,बदाम (काजु ,कुखुराको मासु,  माछा, अण्डा, गेडागुडी तथा दही जस्ता खानेकुराहरूमा प्रशस्त प्रोटिन पाइन्छ।

२.  दैनिकी खानामा बोसोयुक्त चिज अथवा घ्यू मिसाएर खाँदा पनि प्रशस्त क्यालोरी पाउन सक्नुहुन्छ। साथै, गाईभैँसीको दूध   पनि प्रोटिन र क्यालोरीको राम्रो श्रोत हो।

३. तौल बढाउन नियमित व्यायाम आवश्यक हुन्छ ।

४. जंकफुड र फास्टफुडको तुलनामा स्वस्थ र धेरै क्यालोरीयुक्त खानालाई प्राथमिकता दिनुहोस्।

५.हानको नास्ता ‘हेभी’ हुनुपर्नेछ। बिहानको यसप्रकारको नास्ताले दिनभर उर्जावान् बनाइरहन्छ। र प्रोटिन र क्यालोरीको मात्रा     बनाई राख्छ ।

६. तौल बढाउनका लागि फुलक्रिम दूधमा रातभर चना भिजाएर बिहान खानुपर्छ।

७. खानुभन्दा अगाडि कुनै पनि किसिमको तरल पदार्थ नपिउनुहोस्।

८.  प्रोटिन शेक एउटा राम्रो विकल्प हुन सक्छ, यसले हड्डी बलियो बनाउँछ।

  • ३ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech