अन्तराष्ट्रिय नर्सिङ दिवस: `हो म त्यही नर्स हो´

    • रश्मिला थपलिया/ नर्स

  • २९ बैशाख २०८०, शुक्रबार

हो म त्यही नर्स हो
जो अन्निन्द्रो आँखा लियर
बिरामीको सेवामा  रातभर जागाराम हुन्छु
भोको पेटमा
बिरामिहरु लाई पोषिलो खाने कुरा खानु पर्छ है
भनेर खुवाउदै हिड्छु
आफ्नो बिरामी आमा बुवालाई
घरमा एक्लै छोडेर
कयौं बिरामी आमा बुबाको सेवामा हाजिर छु

दुधे बालकलाई घरमा राखेर
६ महिना सम्मको बच्चालाई
आमाको दुध मात्र खुवानु पर्छ भन्दै सम्झाउछु
हो म त्यही नर्स हो
जो बिरामीको अफान्तले
तथानाम भनेर गाली गर्दा पनि
चुपचाप सहदै मुसुक्क हासेर कुरा गर्छु
आफ्नै बुवा आमाको दिसा पिसाब छुन घिन मान्ने म
बिरामीको दिसा पिसाबको
एक एक हिसाब किताब राख्छु

अनेकौ बहानामा प्रासशन
डाक्टरबाट
हेपिँदा
शोषणा हुँदा
बोल्न खोज्दा खोज्दै पनि आवाज बिहिन हुन्छु
ठूला ठूला सपना बोकेर आफ्नै सर्टिफिकेट सिरानिमा राखि न्यूनतम पारिश्रमिकमा जागिर खान्छु

हो म त्यही नर्स  हो
आफ्नो देश मा बस्ने रहर हुदाहुँदै बिदेशिन बाध्य छु

हो म त्यही नर्स हो
जो कोरोना को महामारीमा आफ्नो ज्यान बाजी राखेर
को सेवा गर्दा घरबाट निकालियको थिएँ
बिमारीलाई बचाउन नसक्दा पिटाइ खाएको थिएँ

हो म त्यही नर्स हो
तर पनि मलाई नर्स हुनुमा गर्व छ

(नर्स थपलिया स्टार अस्पतालमा सहायक मेट्रोनका रुपमा कार्यरत हुनुहुन्छ )

  • २९ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech