झन्डहवामा पशु स्वास्थ्य तथा परिजिवी नियन्त्रण घुम्ती शिविर

    • स्वास्थ्य पेज

  • २५ चैत्र २०७९, शनिबार

कोहलपुर: कोहलपुर नगरपालिका-९ झन्डहवामा आज नि:शुल्क पशु स्वास्थ्य तथा परिजिवी नियन्त्रण घुम्ती शिविरको आयोजन गरिएको छ ।

कोहलपुर नगरपालिका नगर पशु स्वास्थ्य शाखाको आयोजनामा सुरु भएको शिविरमा पशुहरुको उपचार, परिजिवी नियन्त्रण, बन्ध्याकरण, रोग नियन्त्रण खोप सहितको सेवा प्रबाह गरिने पशु स्वास्थ्य शाखा प्रमुख गोबिन्द रोकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेटेनरी अस्पताल तथा पशु चिकित्सक सेवा विज्ञ केन्द्र नेपालगन्जका डा रुपेन्द्र कुमार वली, पशु शाखाका चिकित्सक डा.मनोज कार्की, शाखा अधिकृत तिलक प्रसाद आचार्य, दिपा शर्मा, नवीना थापा, लोकेन्द्र बुढा, मिन बिक, धर्मे थारु, भ्याक्सिनेटर टिम, ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको टिम शिविरमा खटिएको छ ।

शिविरको उद्घाटन शत्र कोहलपुर नगरपालिका-९ वटा अध्यक्ष ओपेन्द्र नाथ योगीको सभापतित्व तथा सामाजिक विकास समितिका संयोजक अनिता बुढाको प्रमुख आथित्यतामा भएको हो ।

कार्यक्रममा कार्यपालिका सदस्य सुनिता बिष्ट राना, वडा सदस्य लल्लन अलि साइलगायतको उपस्थिति रहेको थियो । पशु स्वास्थ्य शाखाले यसअघि ८ वटा शिविर गरिसकेको छ । पशुपालन किसान भएका वडाहरुलाई लक्षित गरि शिविर आयोजना गरिएको हो ।

  • २५ चैत्र २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech