निजामती अस्पतालको विज्ञापन सच्याउन फर्मास्युटिकल एसोसिएशनको माग

    • स्वास्थ्य पेज

  • ६ चैत्र २०७९, सोमबार

काठमाडौं: नेपाल फर्मास्युटिकल एसोसिएशनले निजामती अस्पतालको विज्ञापन सच्याउन अनुरोध गरेको छ। अधिकृत स्तरको विज्ञापनमा सातौँ तहको विज्ञापन खुलाउन पर्नेमा छैठौँ तहको भनि खुलाएको भन्दै   एसोसिएशनले लोकसेवा आयोगलाई  विज्ञापन सच्याउन अनुरोध गरेको हो।

स्वास्थ्य सेवा पदपूर्तिको लागि नेपाल स्वास्थ्य ऐन, २०५३ र नियमावली, २०५५ अनुसार कुनै पनि विधामा स्नातक उपाधि प्राप्त उम्मेदवार अधिकृत तहको न्युनतम ७ औं तहको योग्य हुने र स्नातकोत्तर पश्चात ९ औं तहको योग्य हुने व्यवस्थालाई लत्याउँदै सो विज्ञापनबाट फार्मेसी तथा अन्य विधालाई छैटौं तहमा घटुवा गरिएको एसोसिएसनले जनाएको छ।

No description available.

  • ६ चैत्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech