महाराजगञ्ज नर्सिङ क्याम्पस अनेरास्ववियुको प्यानल नै विजयी, सभापतिमा नोविना

    • स्वास्थ्य पेज

  • ६ चैत्र २०७९, सोमबार

नेपालगन्जः महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानल नै विजयी भएको छ।

अनेरास्ववियुकी नोबिना बस्नेतले २१७ मत ल्याउँदै विजयी हुनुभएको छ। उहाँकी प्रतिपस्र्धी नेपाल विद्यार्थी संघकी धनुष विश्वकर्माले १३३ मत ल्याउनुभयो। यस्तै अन्य पद तथा सदस्यमा पनि अनेरास्ववीयुको प्यानल नै विजयी भएको छ।

सचिवमा सजिना पन्थ, कोषाध्यक्षमा आयष्मा राय र सदस्यहरुमा बिन्जना केसी, सीमा खनाल, मन्जुशा न्यौपाने, अविषा कार्की र कन्चन सापकोटा विजयी हुनुभएको छ ।

महाराजगञ्ज नर्सिङ क्याम्पसमा कुल ३६९ मतदाता रहेकोमा ३५१ मत खसेको थियो । यस्तै एक मत बदर भएको थियो।

  • ६ चैत्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech