फार्मेसी सहायकको लाइसेन्स परीक्षामा २६१ जना मात्रै उत्तीर्ण

    • स्वास्थ्य पेज

  • ५ चैत्र २०७९, आईतवार

नेपालगन्जः फार्मेसी सहायक तर्फको २१ औँ नाम दर्ता परीक्षा (लाइसेन्स) २६१ जना उर्तिण भएका छन् ।

नेपाल फार्मेसी परिषदले काठमाडौंमा लिएको लाइसेन्स परीक्षामा १६ दशमलव ५० प्रतिशत अर्थात् २६१ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन्।

परीक्षाका लागि स् १ हजार ६३४ जनाको स्वीकृत आवेदन परेको थियो। जसमध्ये १ हजार ५८२ जना परीक्षामा उपस्थित भएका थिए भने ५२ जना अनुपस्थित थिए।

विद्यार्थीको शैक्षिक स्तर कमजोर भएको र शिक्षण संस्थामा दक्ष जनशक्तिको अभावका कारण परीक्षाको नतिजा सन्तोषजनक नआएको परिषदका रजिष्ट्रार सन्जिव कुमार पाण्डेयले बताउनुभयो।

यो नतिजाले फार्मेसी शिक्षाको स्तर र शिक्षण संस्थामा दक्ष जनशक्तिको अभाव रहेको प्रष्ट्याएको छ ।

परीक्षाको नतिजा पुर्न जाँच गर्न चाहने विद्यार्थीले काउन्सिलमा आजदेखि ३० दिनभित्रमा निवेदन समेत दिन सक्ने उहाँले जानकारी दिनुभयो। परीक्षाको नतिजा काउन्सिलको वेबसाइडमा गएर समेत हेर्न सकिनेछ।

  • ५ चैत्र २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech