कञ्चनपुरमा एक वर्षदेखि रेबिजको प्रकोप, चार सय चौपायालाई ‘बहुलाह’ कुकुरले टोक्यो

    • स्वास्थ्य पेज

  • २८ फाल्गुन २०७९, आईतवार

कञ्चनपुर: कञ्चनपुरमा एक वर्षदेखि रेबिजको प्रकोप देखिएको छ। जिल्लाका सबै पालिकामा रेबिजका कारण पशुचौपाया मर्ने गरेका छन्। गत फागुनदेखि अहिलेसम्म जिल्लाका ४०३ पशुचौपायालाई रेबिज लागेको ‘बहुलाह’ कुकुर र स्यालले टोक्दा पोष्ट बाइट भ्याक्सिन लगाइएको छ भने २३ पशुचौपाया रेबिजको संक्रमणले मरेका छन्। कञ्चनपुरमा एक वर्षदेखि रेबिजको प्रकोप फैलिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर पानसिंह ठगुन्नाले बताउनुभयो ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा यो महिना माञै रेबिजको कारण दुई पशु मरेका छन् भने वेदकोट नगरपालिकामा एक भैसीं मरेको छ। यसैगरी दोधारा–चाँदनी, शुक्लाफाँटा र बेलौरी नगरपारपालिकामा रेबिजको प्रकोप सबैभन्दा बढी देखिएको छ। छाडा पशुचौपाया मर्ने र त्यो खान छाडा कुकुर र जङ्गली स्याल आउने हुँदा स्यालबाट कुकुरमा रेबिज सरेको हुन सक्ने पशु चिकित्सले बताएका छन्। यस्तै, मरेको कुखुरा जथाभाफी फाल्दा पनि स्यालबाट छाडा कुकुरमा रेबिज सर्ने र ती छाडा कुकुरले घरपालुवा पशुलाई टोक्दा रबेजिको प्रकोप बढेको डाक्टर ठगुन्नाले बताए। नेपाल सरकारले सन् २०३० सम्म कुकुरबाट मान्छेमा रेबिज सर्ने दर शून्यमा झार्ने लक्ष्य लिएको छ।

यस्तै, छाडा कुकुरको अनिवार्य बन्ध्याकरण गर्ने नियम लगाए छाडा कुकुर र रेबिजको समस्या समाधान हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर ठगुन्नाको भनाइ छ। सन् २०३० सम्म नेपालबाट मात्रै होइन विश्वबाट नै कुकुरबाट मानिसमा रेबिज संक्रमण हुने दर शून्यमा झार्ने लक्ष्य छ। तर नेपालमा भने कुकुर तथा बिरालो पाल्नेलाई रेबिज विरुद्धको खोप लगाउनुपर्ने र कुकुर पाल्ने व्यक्तिले दर्ता गर्नुपर्ने प्रावधान स्थानीय तहहरूले अनिवार्य लागु गर्नुपर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर हेमराज अवस्थीले बताउनुभयो।

  • २८ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech