आँखामा रंग परे के गर्ने ?

    • स्वास्थ्य पेज

  • २२ फाल्गुन २०७९, सोमबार

होली खेल्दा आँखामा रंग जाने समस्या सबैभन्दा बढी हुन्छ । यसले गर्दा आँखा रातो हुने, पोल्ने, सुन्निने हुन सक्छ। रंगले आँखाको कर्निया वा आँखाको सेतो भाग कन्जेक्टाइवालाई नोक्सान पुर्‍याउँछ ।

 

यो सेतो भागमा रंगले गर्दा रातोपना र घाउ हुन सक्छ । अबिरमा उपयोग गरिने टल्किने अभ्रखले कर्नियालाई हानि गर्न सक्छ । त्यहाँ घाउ हुन पनि सक्छ । आँखामा रंग वा कुनै रसायन परे तुरुन्त सफा पानीले अर्थात् उमालेर चिसो पारेको खानेपानीले २० देखि ३० मिनेटसम्म धोइरहनुपर्छ ।

तर, आँखा धुँदा जोडले पानी छयाप्ने गर्नुहुदैन । समस्या झन् बढ्न सक्छ । दृष्टि धमिलो भए, आँखा दुखे वा रातो भए तुरुन्त नेत्र विशेषज्ञकहाँ जानुपर्छ । यस्तो अवस्थामा मेडिकलमा सोधेर आँखामा औषधि हाल्नु हुदैंन ।

  • २२ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech