के हो सोरियासिस ?

    • स्वास्थ्य पेज

  • १५ फाल्गुन २०७९, सोमबार

सोरियासिस भनेको के हो ?

सोरियासिस भनेको छालाको एउटा रोग हो । यो छालामा लामो समयसम्म रहन्छ, जसले गर्दा छालाका केही कोषहरु चाँडै बढ्दै जान्छन् । परिणामस्वरुप छाला बाक्लो हुने र छालामा सेतो, चाँदी वा रातो रङ्गको दाग देखा पर्दछ ।

सामन्यतया, छालाका कोषहरु बढ्ने र निस्कने  क्रम प्रत्येक चार हप्तामा हुन्छ र नयाँ छाला बढेर पुरानो छालालाई प्रतिस्थापन गर्दछ । तर सोरियसिस भएको व्यक्तिमा हप्ताको सट्टा केहि दिनमा नै नयाँ छालाका कोषहरु छालाका बाहिरी तहमा अघि बढ्छन् र कोष थुप्रिएर बाक्लो दाग बन्दछ, जसलाई प्लेक्स ( Plaques ) भनिन्छ ।

दागको आकार भिन्न-भिन्न प्रकारको हुन्छ , सानो देखि ठूलो सम्म । यस प्रकारको दाग धेरैजसो घुडा, कुहिना, तालु, हात, खुट्टा वा शरीरको पछिल्लो भागमा देखा पर्दछ । सोरियसिसले आधा भन्दा बढि व्यक्तिलाई नङमा असर गर्दछ ।

सोरियासिससँग सम्बन्धीत अरु अवस्थाहरु :

मध्यम देखि गम्भिर सोरियसिस भएका तीनजना मध्य एकजना व्यक्तिमा सोरियसिस बाथ रोग विकास हुन्छ । यसको सम्बन्ध मानसिक चिन्ता बढ्नेसँग पनि हुन्छ । मध्यम देखि गम्भीर सोरियसिसमा मुटु रोग र पक्षघातको जोखिम बढेर जान्छ र उपचारबाट त्यो जोखिमलाई घटाउन सकिन्छ ।

सोरियासिसका प्रकारहरु :

सोरियासिस प्राय सात प्रकारका हुन्छन् :

१) प्लेक्स सोरियसिस

यो सामान्य प्रकारको सोरियसिस हो । सोरियसिस भएका दश जनामा करिब आठ जनामा यो देखा पर्छ । डाक्टरले यसलाई सोरियासिस भलग्यारिस पनि भन्ने गर्छन् । यो प्रकारको सोरियासिसमा छाला सुनिन्छ र छाला रातो भई चाँदी जस्तो सेतो पत्रले ढाकिन्छ । दागहरुमा चिलाउने र पोल्ने हुन्छ र शरीरको जुनै भागमा पनि देखा पर्न सक्छ । तर पा्रय जसो यी ठाउँहरुमा बढि आउने गर्दछ ।
– कुहिना
– घुडा
– तालु
– शरीरको तल्लो भाग

२) गट्टेट सोरियासिस

यो सोरियासिस पा्रय केटाकेटी अथवा वयस्क अवस्थामा शुरु हुने गर्छ । यस प्रकारको सोरियासिस २ प्रतिशत भन्दा कम व्यक्तिमा देखा पर्छ र यसले गर्दा छालामा सानो, गुलाबी – रातो दाग देखिन्छ । गट्टेट सोरियासिस शरिरको पा्रय यी भागहरुमा देखिन्छ ।
– ढाड
– पखुराको माथिल्लो भाग
– तिघ्रा
– तालु
गट्टेट सोरियासिस कुनै उपचारबिना नै हप्ता दिनमा जाति हुन सक्छ तर कुनै अवस्थामा उपचार पनि गर्नु पर्दछ ।

३) इनभर्स सोरियासिस

यो सोरियासिस छालाको चम्किलो रातो भागमा देखा पर्दछ तर छालामा पत्र भने बस्दैन । इनभर्स सोरियासिस शरीरका यी भागहरुमा देखा पर्छ ः
– काखि
– छातीको तल
– कम्मर र तिघ्राको बिच
– पसिना र घस्रणले सोरियासिसलाई अझ नरामो्र बनाउँछ र खमीर जम्मा भई उग्र हुन पनि सक्छ ।

४) पुसटुलर सोरियासिस

यस प्रकारको सोरियासिस असामान्य हो र पा्रय वयस्कहरुमा देखिन्छ । यसले असर गरेको ठाउँ पिपले भरिन्छ र वरिपरि रातो घेरा हुन्छ । संक्रमण भएको जस्तो देखिन्छ तर त्यस्तो हुँदैन ।
यो शरीरको एक भागमा मात्र देखिन सक्छ जस्तै हात वा खुट्टा तर कहिलेकाहि शरीरको धेरै भागमा पनि देखिन सक्छ ।
यसलाई जेनरलाइजड पुसटुलर सोरियासिस पनि भनिन्छ । यो धेरै गम्भीर अवस्था हो । त्यसैले जतिसक्दो चाँडो उपचार गर्नुपर्छ । जेनरलाइजड पुसटुलर सोरियासिसमा निम्न लक्षणहरु देख्न सकिन्छ –
– ज्वरो आउनु
– चिसो लाग्नु
– वाकवाक लाग्नु
– मुटुको धड्कन बढ्नु
– मांसपेशी कमजोर हुनु

५) इरार्थोडर्मिक सोरियासिस

यस प्रकारको सोरियासिस एकदमै कम देखिन्छ तर यो धेरै गम्भीर हुन्छ । यसले तपाईँको शरीरको पा्रयजसो भागहरुमा असर गर्छ र छाला आगोले डढेको जस्तो देखिन्छ । तपाईलाई तल उल्लेखित लक्षणहरु देखा पर्न सक्छन् :
– धेरै चिलाउने, पोल्ने वा छालाको पत्र छिल्ने
– मुटुको धड्कन तिव्र हुने
– शरीरको तापक्रममा परिवर्तन हुने
तपाईलाई यी लक्षणहरु छन् भने तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुहोस् ।

६) नङ सोरियासिस

सोरियासिस भएका आधाभन्दा बढी व्यक्तिमा नङ सोरियासिस हुन्छ र नङ फेरिरहन्छ । सोरियासिस वाथ रोग भएका मानिसहरुमा यो अझ सामान्य हो र यसले तपाईको जोर्नीमा असर गर्दछ ।
सामान्य लक्षणहरु :
– नङमा सानो प्वाल पर्नु
– कोमल, पीडादायी नङ हुनु
– छालाबाट नङ छुट्टिनु
– रङ परिवर्तन हुनु ( पहेलो – खैरो )
– च्क जस्तो तत्व तपाइको नङमा देखिनु

७ ) सोरियाटिक बाथ रोग

यो अवस्था भनेको तपाईलाई दुवै सोरियासिस र वाथ रोग हुनु हो । करिब ७० प्रतिशत व्यक्तिहरुमा सोरियासिस भएको १० वर्षपछि मात्र सोरियासिस वाथ रोग विकास भएको पाइन्छ । लगभग ९० प्रतिशत व्यक्तिहरुमा नङ फेरिरहने पनि हुन्छ । यसका सामान्य लक्षणहरु निम्न छन् :
– विहानीपख र आरामपछि जोर्नी धेरै दुख्ने र कडा हुने ।
– हातका औंलाहरु र खुट्टाको बुढी औंला सुन्निने ।
– जोर्नीको रंग खुइलिने ।

सोरियासिस कसलाई हुन्छ ?

सोरियासिस जोसुकैलाई पनि हुन सक्छ तर पा्रयजसो वयस्कलाई हुन्छ । महिला र पुरुषमा सोरियासिस हुने सम्भावना बराबर हुन्छ ।

के सोरियासिस सरुवा रोग हो ?

होइन । सोरियासिस सरुवा रोग होइन, त्यसैले कसैलाई छुदा यो रोग सर्दैन ।

सोरियासिस कसरी पत्ता लगाउने ?

– सामान्यतया सोरियासिस शरीरमा प्लेक्सको उपस्थिति र फैलावट पत्ता लगाइन्छ ।
– चिकित्सकले यो सजिलै पत्ता लगाउन सक्छन् ।

के सोरियासिस निको हुन्छ ?

सोरियासिस निर्मूल हुँदैन तर यसलाई कम गर्न प्रभावकारी उपचारहरु छन् ।

सोरियासिसको उपचार कसरी हुन्छ ?

सोरियासिसको उपचार व्यक्तिगत अवस्थामा भरपर्छ । छालाको वाहिरी भागमा गरिने उपचार नै केहि व्यक्तिका लागि पर्याप्त हुन्छ भने व्यापक वा कठिन सोरियासिसको उपचारका लागि प्रकाश चिकित्सा, चक्की वा सुइको प्रयोग पनि आवश्यक पर्न सक्छ । सबै उपचार सबै व्यक्तिलाई उत्तिकै काम गर्छ भन्ने हुदैँन । एउटा उपचार प्रणालीबाट उपचार सम्भव नभए औषधिसँग नरामो्र प्रतिक्रिया देखिएमा वा औषधिले काम नगरेमा तपाईको चिकित्सकले अन्य विधि अपनाउन पनि सक्छन् ।

म के गर्न सक्छु ?

– सोरियासिस र यसको असरबारे चिकित्सकसँग परामर्श गर्नुहोस् र उपचारको पहिचान गर्नुहोस् ।
– मुटु रोग र पक्षघात गराउने कुराहरुलाई सन्तुलनमा राख्नुहोस् ।
– स्वस्थ जिवन अपनाउनुहोस्
. सन्तुलित आहार सेवन गर्नुहोस् :
. तपाईको वजन धेरै छ भने घटाउनुहोस् र लगातार व्यायाम गर्नुहोस् ।
. धुम्रपान त्याग्नुहोस् ।
. धेरै मदिरापान गर्नुहुन्छ भने कम गर्नुहोस् ।
. सम्भव भएसम्म तनाव कम गर्नुहोस् ।
. तपाईलाई जोर्नी दुखाइको कुनै लक्षण छ भने चिकित्सकसँग परामर्श गनुहोस् ।

  • १५ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech