कुमको जोर्नी फुत्कने समस्या र दूरबिन प्रविधिबाट उपचार

    • डा. तिर्थेन्द्र खड्का

  • ८ फाल्गुन २०७९, सोमबार

कुमको जोर्नी (shoulder)  बिभिन्न कारणहरुले फुत्किन सक्छ । त्यसै पनि मानब शरीरमा सबभन्दा बढि फुत्कने जोर्नी नै कुम हो । फुत्किरहने कुम (recurrent shoulder dislocation) ले पीडा महशुस गराउँछ, खेलकुद र दैनिक जीवनयापनका कृयाकलापमा बाधा पुर्‍याउँछ। एवम क्रममा आत्मबिश्वासको कमी गराउनुका साथै जोर्नी पूर्व अवस्थामा फर्कन नसक्ने गरी बिग्रन्छ।

कुम फुत्किने कारणहरु

१. खेलकुदका क्रममा कुममा लाग्ने चोट्

२. सडक दुर्घटना

३. अन्य बिभिन्न किसिमले जमिनमा लड्दा

४. मांसपेशी बलियो नहुनु

५. छारेरोग ,बिद्धुतिय झट्का इत्यादी

उमेर समुह

कुम फुत्कने समस्या कुनै पनि उमेरमा हुन सक्छ तर २० देखी ३० वर्ष समुहमा धेरै हुन्छ।

कुम फुत्केको कसर थाहा पाउने ?

माथी उल्लेखित कारणहरुले गर्दा कुम फुत्किन्छ । पहिलो पटक फुत्किदा धेरै दुखाइ हुने ,कुम सुन्निने , कुम चलाउन नसक्ने , हेर्दा नै कुमको आकृती बिग्रेको देखिने ईत्यादी हुन्छ । धेरै पटक फुत्कन थालेपछि यि सबै लक्षणका साथै सुतेको बेला पनि फुत्कन सक्ने र समग्र हातमा नै असर देखिन सक्छ।

कुम फुत्किए पछि के गर्ने ?

कुम फुत्कि सकेपछि तुरुन्त मिलाउनु पर्छ। नजिकको अस्पताल वा स्वास्थकर्मी, हाडजोर्नी बिशेषज्ञको सहयोग आवश्यक हुन्छ। पहिलो पटक भएको हो भने मिलाई सके पछि केहि समय  shoulder immobilizer मा हात राख्नुपर्छ। यसरि हात नचलाएर राखेपछि एक वा डेढ महिना पछि ब्यायमहरु सुरु गर्नुपर्छ।

शल्यक्रिया कसलाई आवश्यक हुन्छ ?

पहिलो पटक हो भने माथि उल्लेखित बिधीबाट उपचार हुन्छ। पहिलो पटक कुम फुत्किएको हो भने सामान्यतया:  शल्यक्रियाको आवश्यकता हुँदैन। तर पटक पटक फुत्किन थाल्यो भने तत्काल शल्यक्रिया जरुरी हुन्छ। शल्यक्रिया पूर्व xray , CT scan , MRI लगायत बिभिन्न जाँचहरु गर्नुपर्छ।

शल्यक्रिया कसरी गरिन्छ ?

आजभोली ठुलो चिरा दिएर शल्यक्रिया गरिदैन । अत्याधुनिक दूरबिन प्रविधि ( Arthroscopy ) को प्रयोग गरेर शिघ्र काममा फर्किन सकिन्छ । दूरबिन प्रविधि (arthroscopic bankart repair, remplissage, Laterjet ) को धेरै फाइदा छन। अप्रेसनको भोली पटक घर जान सकिन्छ।

शल्यक्रिया कहाँ गर्ने खर्च कति लाग्छ ?

नेपालमा दूरबिन प्रविधिद्वारा कुमको शल्यक्रिया धेरै थोरै ठाउँहरुमा हुन्छ। पश्चिम नेपालको कुरा गर्दा भेरी अस्पताल, नेपालगन्जमा सम्पूर्ण अत्याधुनिक मेशिन तथा प्रविधि उपलब्ध छ। सानो चिराबाट दूरबिन तथा instrument छिराएर अमेरिका वा युरोपमा उत्पादित जटिल प्रविधियुक्त सामाग्री प्रयोग गर्नुपर्ने हुँदा खर्चिलो हुन आउँछ । तथापी नेपाल र भारतका अस्पतालहरुको सन्दर्भमा कुरा गर्दा  सबैभन्दा सहज र सस्तो सेवा भेरी अस्पतालमा उपलब्ध छ।

(बरिष्ठ कन्सलटेन्ट अर्थोपेडिक सर्जन डा. खड्का भेरी अस्पताल नेपालगन्जका अर्थोपेडिक विभाग प्रमुख हुनुहुन्छ ।)

  • ८ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech