नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जकी नर्सिङ निरीक्षक शारदा चौधरी प्रदेश सेवा समर्पण पदकबाट विभूषित हुनुभएको छ । लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसर पारेर उक्त पदकबाट निरीक्षक चौधरीलाई विभूषित गरेको हो ।
लुम्बिनी प्रदेश राजधानी भालुवाङमा आज एक समारोहकाबीच लुम्विनी प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई उक्त पदक प्रदान गर्नुभएको हो ।
बि.स. २०२० सालमा बाँकेको बैजापुर गाविस-३ कुम्भरमा जन्मनु भएकी चौधरी बि.स. २०४३ साल देखि भेरी अस्पतालमा कार्यरत रहनु भएको छ । कोरोना महामारीमा चौधरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।
स्वास्थ्य सेवामा रहि विरामीहरुको उपचारमा अनुकरणीय रुपमा संलग्न भइ कोभिड-१९ महामारीमा समेत विषेश भूमिका वहन गरेको भन्दै उक्त पदकबाट चौधरीलाई विभूषित गरिएको हो ।