भेरी अस्पतालकी नर्सिङ निरीक्षक शारदा चौधरी प्रदेश सेवा समर्पण पदकबाट विभूषित

    • कोमल खड्का

  • ३ फाल्गुन २०७९, बुधबार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जकी नर्सिङ निरीक्षक शारदा चौधरी प्रदेश सेवा समर्पण पदकबाट विभूषित हुनुभएको छ । लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसर पारेर उक्त पदकबाट निरीक्षक चौधरीलाई विभूषित गरेको हो ।

लुम्बिनी प्रदेश राजधानी भालुवाङमा आज एक समारोहकाबीच लुम्विनी प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई उक्त पदक प्रदान गर्नुभएको हो ।

बि.स. २०२० सालमा बाँकेको  बैजापुर गाविस-३ कुम्भरमा जन्मनु भएकी चौधरी बि.स. २०४३ साल देखि भेरी अस्पतालमा कार्यरत रहनु भएको छ । कोरोना महामारीमा चौधरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

स्वास्थ्य सेवामा रहि विरामीहरुको उपचारमा अनुकरणीय रुपमा संलग्न भइ कोभिड-१९ महामारीमा समेत विषेश भूमिका वहन गरेको भन्दै उक्त पदकबाट चौधरीलाई विभूषित गरिएको हो ।

  • ३ फाल्गुन २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech