चिकित्सक संघको निर्वाचन अपडेट: काठमाडौं बाहिरको मतगणना सकिँदा अनिल कार्की नेतृत्वको अग्रता कायमै

    • स्वास्थ्य पेज

  • २४ माघ २०७९, मंगलवार

काठमाडौं:  नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। काठमाडौं बाहिरको मतगणना सकिँदा पदाधिकारी तथा अधिकांस सदस्य पदमा डा अनिल कार्की नेतृत्वको लोकतान्त्रिक समूहले अग्रता लिएको छ।

अध्यक्षमा डा अनिल कार्की र महासचिवमा डा सन्जिब तिवारीले फराकिलो अन्तरसहित अग्रता लिइरहनु भएको छ । उपत्यका बाहिरको ३ हजार ६४९ मत गणना हुँदा अध्यक्ष पदमा डा कार्कीले २ हजार ४९ मत ल्याउनु भएको छ। निकटतम प्रतिस्पर्धीको रुपमा रहेका डा सन्तोष पौडेलले १ हजार ३ सय ५४ मत प्राप्त गर्नु भएको छ ।  अध्यक्षका अर्का उम्मेद्धार डा शिवजी विक्रम सिलवालले एक सय ४२ मत मात्रै पाउनु भएको छ ।

यस्तै महासचिव पदमा डा सञ्जीव तिवारी अगाडि हुनुहुन्छ ।उहाँले कुल १ हजार ६ सय ४२ मत प्राप्त गर्दा डा रक्षा श्रेष्ठले ८८२ मत र डा अमृत भुसालले ८९७ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्ष तथा मधेस प्रदेश संयोजकमा डा अजय कुमार मिश्रले ६९७, डा महेश महासेठले ८९० र डा निरज कुमार सिंहले १ हजार ७६८ मत प्राप्त गर्नु भएको छ  ।

यसैगरी उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा प्रकाश बुढाथोकीले १ हजार ९२५ मत प्राप्त गरेका छन् भने डा सञ्जय कुमार ठाकुरले १ हजार ४०९ मत प्राप्त गर्नु भएको छ  । यसैगरी उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकमा डा विकास गौचनले १ हजार ३२९ मत प्राप्त गर्दा डा राजन शर्माले १ हजार ९७८ मत पाउनु भएको छ ।

यस्तै उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजकमा डा निरज अर्यालले १ हजार ३२८ मत प्राप्त गरेका छन् भने डा प्रशान्त भट्टले १ हजार ९४८ मत पाउनु भएको च्य। अन्य प्रदेशमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ।

हेर्नुहोस सदस्यहरुले हालसम्म प्राप्त गरेको मत:
डा अभियान गौतम १०४४
डा अमित रञ्जन मिश्र १९१२
डा चेतन बस्नेत ८१५
डा किशोर खत्री १७६५
डा मनोर दिन शैय्यद  १११८
डा मोहम्मद अनामुल हक ७३५
डा पदम नेपाली दर्जी १५३३
डा रमेश श्रेष्ठ ९८०
डा रामकृष्ण आचार्य ८७९
डा स्मृती महत १४७७
डा सृजना विष्ट १६८५
डा सुरेन्द्र यादव ११४२
डा तेज्सु सिंह मल्ल १७३७
डा युभिन कुमार यादव १७०७

  • २४ माघ २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech