चिकित्सक संघको मतगणना अपडेट: डा अनिल कार्कीको अग्रता दोब्बरले बढी

    • स्वास्थ्य पेज

  • २३ माघ २०७९, सोमबार
नेपालगन्ज: नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी छ। हालसम्म १६९३ मत गणना भएको छ।
पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा डा अनिलविक्रम कार्की झण्डै दोब्बर मतको अग्रता कायमै छ। उहाँ १००४ मत सहित अगाडि हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी डा सन्तोष पौडेलले ५७८ मत पाउनु भएको छ। यस्तै डा शिवजी शिलवालले ५९ मत पाउनु भएको छ ।
यसैगरी महासचिवमा लोकतान्त्रिक समूहका डा सन्जिब तिवारीले ८१४, स्वतन्त्र समूहका डा अमृत भुसालले ३७३ र प्रगतिशिल समूहकी रक्षा श्रेष्ठले ४१७ मत पाउनु भएको छ ।

उपाध्यक्ष तथा मधेस प्रदेश संयोजकमा डा अजय कुमार मिश्रले ३३६, डा महेश महासेठले ३३२ र डा निरज कुमार सिंहले ८३७ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा प्रकाश बुढाथोकीले १०२४ मत प्राप्त गरेका छन् भने डा सञ्जय कुमार ठाकुरले ४९५ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी गण्डकी प्रदेश उपाध्यक्षमा डा विकास गौचनले ५८७ मत प्राप्त गर्दा डा राजन शर्माले ९७१ मत पाउनु भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा निरज अर्यालले ५४९ मत प्राप्त गरेका छन् भने डा प्रशान्त भट्टले ९७१ मत पाउनु भएको छ। अन्य प्रदेशमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ।

हेर्नुहोस सदस्यहरुले हालसम्म प्राप्त गरेको मत:

डा अभियान गौतम ४८८

डा अमित रञ्जन मिश्र ८३३

डा चेतन बस्नेत ४०३

डा किशोर खत्री ८९९

डा मनोर दिन शैय्यद  ५९५

डा मोहम्मद अनामुल हक २०८

डा पदम नेपाली दर्जी ७७८

डा रमेश श्रेष्ठ ५१७

डा रामकृष्ण आचार्य ४५७

डा स्मृती महत ७४२

डा सृजना विष्ट ८४१

डा सुरेन्द्र यादव ३०७

डा तेज्सु सिंह मल्ल ९८४

डा युभिन कुमार यादव ७०१

  • २३ माघ २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech